भोलि र पर्सि जेष्ठ नागरिकलाई खोप दिइने
काठमाडौं महानगरपालिकाले भेरोसेलको दोश्रो मात्रा लिन छुट भएका ६० र ६१ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई भोलि र पर्सि विभिन्न चार वटा अस्पतालबाट खोप लगाउने भएको छ ।
कामपा शहरी स्वास्थ तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले सबै वडा कार्यालयहरुलाई पत्राचार गर्दै स्वास्थ कार्यालय काठमाडौंको पत्र अनुसार भेरोसेल खोपको पहिलो मात्रा अन्तर्गत छुट भएका ६० र ६१ उमेर समूहका लक्षित वर्गका लागि जेठ ३१ र असार १ गते वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामति कर्मचारी अस्पतालबाट बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने जानकारी दिएको छ ।
पत्रमा लक्षित समूहका रुपमा काठमामाडौं भित्र रहेका ६० र ६१ वर्ष उमेर समूहका व्यक्ति, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ विरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न, चिकित्सा, नर्सिङ्ग र पारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप दिइने जनाइएको छ ।








