महानगरकाे खाेप कार्यक्रम स्थगित

यही जेठ २५ गतेबाट थालिएकाे जेष्ठ नागरिकहरूलाई दिन थालिएकाे काेभिडकाे खाेप आजबाट स्थगित गरिएकाे छ ।

काठमाडाैं महानगरपालिकाले मनपाका ३२ वटै वडा कार्यालयहरूलाई पत्राचार गर्दै  स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुट्याइएकाे खाेप संख्या सकिएकाे सूचना दिएकाे आधारमा खाेप कार्यक्रम अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएकाे जनाएकाे छ ।

विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गरिएकाे पत्रकाे बाेधार्थ सामुदायिक स्वास्थ्य क्लिनिक तथा काठमाडाैं महानगरपालिकालाई दिइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध