२० वडामा काेभिडविरूद्ध जनचेतनामा माननीय जीवनराम श्रेष्ठ
माननीय जीवन राम श्रेष्ठले आफ्नो क्षेत्र जनतालाई कोभिड १९ बारे जागरण गराउदै घरघरमा गएर माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गर्ने कार्य गर्नु भएको छ ।
कोभिड सम्बन्धि जनचेतना अभियानका क्रममा आज कामपा २० वडाको भिमसेन स्थान कोहिती, जैसिदेवल, मजिपात र लाखेननीमा गर्नुभएको थियो । उक्त अवसरमा कामपा २० वडाका पूर्वअध्यक्ष बिजय कृष्ण श्रेष्ठ र स्थानीयको उपस्थिति रहेको थियोे ।
माननीय श्रेष्ठले यसअघि कामपा १५ र २४ वडामा पनि जनचेतना अभियानका रूपमा मास्क, साबुन र क्यालेण्डर वितरण गर्नुभएकाे थियाे ।
यसै गरि माननीय श्रेष्ठको सकृयतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भु ५० बेडको आईसोलेसन केन्द्र समेत संचालन गर्नु भएको छ।








