रहेनन् वरिष्ठ कलाकार एकाराम

कोभिड–१९ को संक्रमण कारण केही समयअघिदेखि उपचाररत वरिष्ठ कलाकार एकाराम सिंहको सोमवार निधन भएको छ ।
चित्रकलामा विशेष दखल राख्नु हुने सिं नेपाली संस्कृतिको अध्ययन, अन्वेषणमा पनि निकै सक्रिय व्यक्तित्व थिए ।
उहाँ बैशाख ३१ गते शुक्रवार अस्पताल भर्ना हुनु भएको थियो । पहिले सामान्य बेडमा मात्र भर्ना भएका उहाँलाई पछि आइसीयू र केही दिनअघि मात्र भेन्टिलेटरमा राखेर उपचार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
५४ वर्षका सिंका एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।

स्वर्गीय सिंकाे कलाकृति विभिन्न पुस्तकमा हेर्न पाइन्छ । पछिल्लाे समयमा उहाँकाे चित्रकथा माया सबैमा कथालयले प्रकाशित गरेकाे थियाे ।

यसैगरी काठमाडाैं महानगरपालिकाले विद्यालयमा स्थानीय विषयका रूपमा लागु गरेकाे येँ देय् म्हसीकामा पनि उहाँकाे कृति समावेश गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध