कामपाद्वारा २ अस्पताललाइ भेन्टिलेटर सहयाेग
काठमाडाैं महानगरपालिकाले कोभिड संक्रमित विरामीहरुको उपचारमा सहजता ल्याउनका लागि काठमाडाैं मोडल अस्पताल र हेल्पिङ्ग ह्याण्डस् सामुदायिक अस्पताललाई दुई दुई थान भेण्टिलेटर मेसिन हस्तान्तरण गरेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं मोडेल अस्पतालका निर्देशक डा राजेश ध्वज जोशी र हेल्पिङ्ग हया्ण्डस् सामुदायिक अस्पताल कार्यकारी निर्देशक गुप्त बहादुर श्रेष्ठलाई साे मेसिन हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कोभिड संक्रमित विरामीहरुको उपचारमा कुनै पनि कमी आउन नदिन आफूहरुले विभिन्न अस्पताललाई भेण्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आईरहेको बताउनु भयो ।








