स्थानीय पालिकाहरुलाई कोभिडविरुद्ध लड्न ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण

कोभिड–१९ ¥यापिड एक्सन टास्कफोर्स नेपाल (सी–१९ आरएटी) ले कोभिडविरुद्ध लड्नका लागि विभिन्न पालिकाहरुलाई ७० थान अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गरेको छ ।
देशैभरी कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रमा निम्त्याएको संकटपूर्ण अवस्थालाई चिर्न स्थानिय तहमा पालिकाहरुले सम्बोधन गर्ने प्रयासमा हातेमालो गर्दै नागरिक समूह र गैर सरकारी संस्थाहरुबाट स्वास्थ्य सहयोग सामग्रीहरु जुटाउँदै कोभिड–१९ ¥यापिड एक्सन टास्कफोर्स नेपाल (सी–१९ आरएटी)को तर्फबाट गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले ५ थान १० लिटर क्षमताको अक्सिजन कन्सनट्रेटर मेसिन भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी श्रेष्ठ जोशीलाई उहाँकै कार्यकक्षमा हस्तान्तरण गरेको छ ।

‘कोभिड १९ विरुद्ध लड्न केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले हातेमालो गर्दै समस्या समाधान तर्फ अगाडि बढ्नुपर्ने यो मुस्किल घडीमा भक्तपुर नगरपालिकाले केन्द्रिय सरकारबाट कुनै किसिमको सहयोग प्राप्त नभएपनि जनस्तर तथा दाताहरुबाट स्वस्फुर्त रुपमा संक्रमितको उपचारार्थ भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ करोड ३२ लाख ९० हजार ९ सय ७८ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएकोमा खुसी लागेको छ’ उप–प्रमुख जोशीले बताए ।

यसैगरी धुलिखेल नगरपालिकाद्वारा संचालित ५० बेडको आईसोलेसन केन्द्रमा कोभिड संक्रमितहरुको चाप बढेको अवस्थामा विरामीहरुलाई अक्सिजन सहित उपचार गर्न प्राप्त ५ वटा अक्सिजन कन्सनट्रेटर, १० वटा अक्सिजन सिलिण्डर र अन्य विविध स्वास्थ्य सामग्रीहरु तत्काल सहयोग प्राप्त हुँदा सेवा निरन्तरता दिन निकै ठुलो सहयोग भएको अनुभव महानगरपालिकाका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख सन्दीप केसीले जानकारी गराए ।


अक्सिजन अभावका कारण अस्पतालहरुले संक्रमितको उपचार गर्न नसकेकोे अवस्थामा बीईएफओएन, सेन, एन्फो, क्रियजन नेपाल, नेपाल राइजिङ्ग, इन्गेज नेपाल र गुथि संस्थाहरुले कोभिड १९ विरुद्ध लडन सी१९ आरएटी समुह गठन गरी अक्सिजन सिलिण्डर र अक्सिजन हाईड्रोजन सिलिण्डर मेसिन संक्रमित बिरामीलाई उपचार गर्न उपलब्ध गराईरहेको छ । समुहको अग्रसरतामा नेपाल राईजिङ्ग र इन्गेज नेपालको आर्थिक सहयोगमा ७० वटा कन्सनट्रेटर मेसिन विभिन्न अस्पतालमा र आइसोलेसन सेन्टरमा उपलब्ध गराईसकेको छ ।

त्यसै गरि यस समूहले मध्यपुर ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ४० वटा, धुलिखेल नगरपालिकामा ५ वटा, भक्तपुर नगरपालिकामा ५ वटा, ललितपुर महानगरपालिकामा ५ वटा, क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा १ वटा, काठमाडौं महानगरपालिका वडा नं १७ द्वारा संचालित आइसोलेसन सेन्टरलाई १ वटा, काठमाडौं महानगरपालिका वडा नं १५ स्थित कुमारी माजु डल्लु आवासको आइसोलेसन सेन्टरलाई १ वटा, तान्सेन मिसन अस्पताललाई २ वटा, विराटनगर महानगरपालिकालाई २ वटा, नगर अस्पताल सुर्खेतलाई २ वटा र महालक्ष्मी नगरपालिकालाई ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरीसकेको छ ।

नदि किनारमा बसोवास गर्दै आइरहेका न्यूय आय भएका व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यसै क्षेत्रमा काम गर्दै आएका संस्था महिला एकता समाजलाई कोभिड १९ विरुद्ध लडन ५० वटा होम आइसोलेसन किट उपलब्ध गराईएको छ ।

हरेक दिन कोभिड संक्रमणका कारण मृत्युवरण भएको समाचारले समाज, देश मात्र नभई विश्व भरिका मानिसहरुलाई कमजोर बनाईरहेको समयमा अक्सिजन सिलिण्डर तथा कोभिड १९ विरुद्ध लडन होम आईसोलेसन किट सहयोग गरी मानिसको जीवन बचाउन थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको कुरा बताउँदै चाडैनै यस्तो भयावह अवस्थाको अन्त्य हुने र विश्वनै सामान्य जिवन तर्फ फर्कनेमा आफु आशावादी भएको धारणा व्यक्त गर्दै गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सबै जनालाई यस्तो मुस्किल समयमा आफ्नो घर भित्रै सुरक्षित बस्न र आफ्नो तर्फबाट सकिने सहयोग देश जनता र आफ्नो समाजका लागि गर्नुहुन अनुरोध गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध