ज्यापु महागुथि नेपाः येँ महानगर समितिकाे छलफल तथा सम्मान

ज्यापु महागुथि येँ महानगर समितिको आयोजनामा नेपाः बैंक्वेट हलमा अधिवेशनसम्बन्धी छलफल तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानियभाषा नेपालभाषाको माध्यमबाट उपत्यकाका सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पठन पाठनको शुरुवात गरेकोमा उहाँलाई अभिनन्दन गरिएको थियो ।

आफ्नो कार्यकाल १ वर्षको हाराहारीमा मात्र बाँकि भएको र आफूले धेरै काम गर्न बाँकि रहेका बताउँदै यसमा उपत्यकाका जनताको साथको आवश्यकता रहेको बताए ।

साथै उपत्यकामा खाली भएको जग्गामा विभिन्न ठाँउबाट आएका मानिसहरुले अतिक्रमण गरि बसेकोमा त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भनी विचार गरि आम जनताको उपयोगको लागि ल्याएको जिकिर गर्नुभयो । साथै विभिन्न वडामा बाहिरबाट आएका मानिसहरुले अतिक्रमण गरेको जग्गा वडा नं ७ को मचागाः भन्ने ठाउँमा मचागाःको रुपमा प्रयोगमा नआएपछि अतिक्रमणमा भएको ठाउँमा त्यहिँका वडा अध्यक्षको साथ मिली बच्चाहरु खेल्न पार्क बनाउन लागेको र हाल विवादमा आएको कमलपोखरी कंक्रिटको बनाउन लागेको भनी हल्ला चलाएकोमा अरुबाट अतिक्रमण नहोस् भनी आम नागरिकको सदुपयोगको लागि ७ करोड बजेटमा सम्पदाभित्र पर्ने गरी बनाउन शुरु गरिसकेको पनि जानकारी दिनुभयो ।

 

उपत्यकाका बासिन्दाहरुलाई सम्पदाभित्र पर्ने जिर्णोद्धार गर्न बाँकि भएकाको लागि बजेट रकम मिलाइदिने कसैले केही काम गर्न खोजेमा स्किम लिएर आएको बजेट मिलाई दिनुका साथै महानगरबाट सहकार्य गरिदिने बचन दिनुभयो ।

साथै आजभोलि बिभिन्न ठाउँमा भ्रमित हुने खालका कार्यहरु भएकोमा त्यहाँ उपस्थित हुन् पहिला सो कार्यक्रम बारे पूर्णरुपमा जानकारी प्राप्त गरी जान पनि सुझाव दिनु भयो ।
सोहि कार्यक्रममा अतिथिको रुपमा ज्यापु महागुथिका केन्द्रीय अध्यक्ष राजभाइ जकःमिले पनि महागुथिको लागि घर बनाउन नगरपालिकाले बारबार सहयोग गर्छु भन्दा पनि बनाउन नसकेकोमा अब आफ्नो कार्यकालमा बनाउन पहल गर्ने कुरा व्यक्त गर्नुभयो ।


कार्यक्रममा अतिथिको रुपमा महानगरपालिका सम्पदा समिति तथा १८ वडा अध्यक्ष न्हुछेकाजी महर्जन, ज्यापु महागुथि नेपाः येँ महानगरसमितिका सांस्कृतिक उपसमितिका सदस्य शान्तराज महर्जन, ज्यापु महागुथि नेपाःका संरक्षक राजभाइ महर्जन, निर्वतमान अध्यक्ष राम बहादुर डंगोलको उपस्थित थियो भने उपाध्यक्ष नानीहिरा महर्जनले स्वागत र अर्का उपाध्यक्ष ज्ञानिबाबु महर्जनले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रम सचिव सानुबाबु महर्जनले संचालन गर्नुभएको थियो भने महागुथिका अध्यक्ष बाबुराजा महर्जनले सभापतित्व गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध