नेपालकाे संयन्त्रमै पितृसत्तात्मक साेच छ
नेपालकाे हरेक संयन्त्रमा पितृसत्तात्मक साेच रहेकै कारण महिला हिंसा न्यूनिकरण नभइरहेकाे राष्ट्रिय महिला आयाेगकी अध्यक्ष कमला पराजुलीले बताएका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागकाे आयाेजनामा आज आयाेजित कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बाेधन गर्दै अध्यक्ष पराजुलीले पितृसत्तात्मक साेच पुरूषहरूमा मात्र नभइ संयन्त्रमा नै रहेकाले यसकाे अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेकाे बताउनु भयाे ।
१११ अाैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधनका क्रममा संयुक्त राष्ट्र संघले यस दिवसलाई महिला दिवस मात्र भनिए पनि यसकाे सुरूवात श्रमिक महिलाले समान पारिश्रमिक पाउनु पर्ने माग गर्दै सुरू भएकाे स्मरण गर्दै पछि मात्र यसलाई महिला दिवसका रूपमा मान्यता दिएकाे बताउनु भयाे ।
महिलालाई समग्रमा ५ भागमा विभाजन गर्न सकिने बताउँदै अहिले वयस्क महिलाकाे मात्र समस्याकाे कुरा भइरहेकाे चर्चा गरिन् । महिलाका ५ अवस्थामा बालिका, किशाेरी, वयस्क, जेष्ठ र वृद्ध अवस्था रहेकाेमा महिलाहरू वृद्ध अवस्थामा पनि काम गरेरै खानुपर्ने अवस्था रहेकाे जिकिर गरे । वृद्ध महिलाहरू जाे आराम गरेर खाने उमेरमा पनि नाति नातिनालाई हेर्न र खाजा पकाएर खुवाउनु पर्ने अवस्थामा रहेकाे र यदि साे गर्न नसके छाेरा बुहारीले घरबाटै निकाली दिने समेत समस्या रहेकाे बताए ।
साे कार्यक्रममा पत्रकारिता क्षेत्रबाट महिला अधिकारका लागि क्रियाशील ३ जना पत्रकारहरू मीरा (उषा) लाेहनी, लक्ष्मी पुन र सम्झना महर्जनका साथै समाजसेवी गीता गुरूङ्गलाइ सम्मान गरिएकाे थियाे ।
महिला हिंसा न्यूनिकरणमा पत्रकारकाे भूमिका विषयक अन्तर्क्रिया पनि गरिएकाे कार्यक्रममा मानव अधिकारका लागि महिला, एक महिला समूहकी संस्थापक एवम् राष्ट्रिय महिला आयोगका सदस्य लिलि थापा र सिविन नेपालया कार्यकारी निर्देशक सुम्निमा तुलाधरले प्रमुख वक्ताका रूपमा महिला र बालिकाहरूले भाेगिरहेका हिंसाका घटना सम्बन्धमा जानकारी राखेका थिए ।
कार्यक्रममा दबूका केन्द्रीय सहसचिव एवम् शुभअभियान मिडियाका प्रेरणा शाक्यले घरेलु हिंसालाइ कसरी सम्बाेधन गर्न सकिन्छ भन्ने प्रश्न राखेकी थिइन् भने दबू काठमाडाैं जिल्लाकी सदस्य एवम् स्वास्थ्यकर्मी विमला मानन्धरले याैन हिंसा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि संस्थाहरूले गरिरहेका प्रयासकाे बारेमा प्रश्न राखेका थिए ।
अन्तर्क्रियामा आएका प्रश्नहरूकाे जवाफ वक्ताहरूले विभिन्न घटनाकाे उदाहरण दिएर प्रष्ट्याएका थिए ।
महिला विभागकी प्रमुख एवम् दबूका केन्द्रीय उपाध्यक्ष रचना श्रेष्ठकाे सभापतित्वमा भएकाे कार्यक्रममा
पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष कुन्ता शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
दबूका सहसचिव प्रेरणा शाक्यले स्वागत गरेकाे कार्यक्रम सदस्य सुनीता महर्जनले सञ्चालन गरेकी थिइन् । विभागक मीना बज्राचार्य, अनिता महर्जन, रूवि श्रेष्ठले कार्यक्रम ब्यवस्थापनमा सहयाेग गरेका थिए ।
कार्यक्रमका केही झलक ः









