तिम्रो साथ

प्रेमको दिवस प्रेममय बनाउन
तिमी नभइ कहाँ हुन्छ र ?
पहिलो भेट्मा तिमीले दिएको फूल
सम्हाली राख्न कहाँ सकिन्छ र ?

हात थामी तिमीले गरेका वाचा
विर्सन म कहाँ सक्छु र ?
ओठमा मुस्कान ल्याउन तिम्रो
परिस्थितिसित जुध्न नसक्ने म कहाँ हु र ?

जिन्दगीभर साथ बिताउन तिमीसित
सपना देख्न नसक्ने म कहाँ हुँ र ?
साथ पाइ तिम्रो यो जुनिमा
आँसु पिउन नसक्ने म कहाँ हुँ र ?

सुखमा मेरो तिमी रमाउन सक्ने
बनाउन नसक्ने म कहाँ हुँ र ?
दुःखमा तिम्रो साथ दिन नसक्ने
स्वार्थी म कहाँ हुन सक्छु र ?

साथ तिम्रो पाए झुपडीलाई
स्वर्ग बनाउन नसक्ने म कहाँ हुँ र ?
तिमीलाई नै आफ्नो थानी संसारमा
रमाउन नसक्ने म कहाँ हुँ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध