माघ मेलाका लागि तयारी सुरु
प्रत्येक वर्ष साँखुमा सञ्चालन हुने १ महिने माघ मेलाको तयारी सुरु भईरहेको छ । यस वर्ष माघ मेलाको तयारीका लागि मिजेन्द्रकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्ष समिति चयन गरिएको छ ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले लाखौँको भीड जम्मा हुने माघ मेला सञ्चालनको लागि विशेष स्वास्थ्य सतर्कता सहित ठोस प्रस्ताव आउनु जरुरी रहेको बताए ।
मेेेयर श्रेष्ठले के कसरी भत्तजनहरुलाई दर्शन गराउने ? व्रतालुहरुलाई कसरी व्यवस्थित गराउने ? स्वास्थ्य मापदण्ड के कसरी निर्माण गर्ने ? भन्ने विषयमा व्यापक छलफल हुनु जरुरी रहेको बताएकाा छन् ।
कार्यक्रममा गत वर्षको आम्दानी खर्चको हर हिसाब समेत प्रस्तुत गरिएको थियो ।
जस अनुसार आव २०७६÷७७ मा आम्दानीतर्फ ७२ लाख ३५ हजार ५ सय २२ रहेको छ भने कूल खर्च ९० लाख ५९ हजार ४ सय ५१ रहेको छ ।
कार्यक्रममा विशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, शंखरापुर नगरपालिकाका उप मेयर शुक्रलक्ष्मी श्रेष्ठ, नेपाली काँग्रेेसका क्षेत्रिय सभापति उपेन्द्र कार्की, प्रहरी निरीक्षक जानुका खरेल, प्रहरी निरीक्षक गोविन्द पन्थी लगायत विभिन्न निकायका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
नवगठित समितिको निवर्तमान अध्यक्ष गोविन्द बहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा जीवनमान सिं, उपाध्यक्षहरुमा सजनी श्रेष्ठ र बालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा पूर्ण बहादुर श्रेष्ठ, महासचिवमा योगेश मान सिं, सचिवमा बालकृष्ण सिं रहेका छन् भने सदस्यहरुमा गंगादेवी कारञ्जित, विजयकृष्ण भाष्कर, गंगादेवी श्रेष्ठ, जमुना डंगोल, विरेन्द्रलाल श्रेष्ठ, एन्जेल श्रेष्ठ, रविन डंगोल, एलपी श्रेष्ठ, रामेश श्रेष्ठ, रम्बिकादेवी श्रेष्ठ, सरिसा श्रेष्ठ मानन्धर, पार्वती मानन्धर, कृष्णदेवी कारञ्जित, अमृत श्रेष्ठ, महेश्वर पुखुसी रहेका छन् । यसमा अझै केही सदस्यहरु र सहकोषाध्यक्ष पूर्ति गर्न बाँकी रहेको छ ।
त्यसैगरी टोल संयोजकहरुमा लक्ष्मीश्वरी श्रेष्ठ, अशोक श्रेष्ठ, रोमन डंगोल, सरोज श्रेष्ठ, राजाराम कुँवर, सन्तोष श्रेष्ठ, रमेश नापित रहेका छन् भने सह–संयोजकहरुमा शुभद्रा श्रेष्ठ, गुञ्जन श्रेष्ठ, विरेन्द्रमान सिं, मोहनकुमार मल्ल रहेका छन् । केही टोल संयोजक र सह–संयोजकहरुको पदपूर्ति गर्न बाँकी रहेको छ ।
यस वर्ष माघ १५ गते देखि फाल्गुण १५ गतेसम्म १ महिना मेला लाग्छ । तर व्रत बस्न चाहनेहरुले भने यसवर्ष नयाँ समितिसँग तुरुन्तै सम्पर्क राखी आफ्नो इच्छा व्यक्त गरि सम्पर्कमा रही राख्न समेत समितिका नव निर्वाचित अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले आग्रह गर्नुभएको छ । यसको लागि समितिले तत्काल टोल भेला तथा आवश्यक सरसल्लाह र निर्णयहरु गर्नेछ ।
साथै व्रतालुहरुको संख्या तोक्ने र मापदण्ड समेत तोकिने भएकोले थोरै संख्यामा मात्रै व्रतालुहरुको उपस्थिति हुने गरी नियमित व्रत पूजा सञ्चालन गरिने जानकारी समेत उहाँले दिनुभएको छ ।
व्रतालुहरुको लागि स्वास्थ्य सु्रक्षा मापदण्ड बनाईने हुँदा इच्छुक सबै भक्तजनले यसपटक व्रत बस्न नपाउने भएको छ । जो जो स्वास्थ्य सुरक्षा मापदण्डबाट छनौट हुन्छन् उनीहरुले मात्रै व्रत बस्न पाउने भएको छ ।








