नयाँ वर्षको अवसरमा शंखधरको झण्डा फहराइने

नयाँ वर्ष ११४१ को अवसरमा वाङ्गमय शताब्दीपुरुष डा. सत्यमोहन जोशीको घरमा शंखधरको झण्डा फहराइने भएको छ ।
नेवाः कलाकारहरुको एक भेलाले राष्ट्रिय विभूति एवम् नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको योगदानलाई कदर गर्दैै उहाँको चित्र अंकित झण्डा सार्वजनिक गर्न लागिएको नेपालभाषाका प्रख्यात निर्देशक सुरेन्द्र तुलाधरले जानकारी गराए ।


कार्तिक २७ गते डा. जोशीको घरमा फहराइने सो झण्डा कार्तिक २८ गतेदेखि नेवार कलाकारहरुले आ–आफ्नो घरमा फहराउने भएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै नेवार कलाकारहरुको भेला गर्दै नेवार भोजको समेत आयोजना गरिने भएको छ ।
कलाकारहरुका बीचमा मात्र गरिने यस कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ ।
यस कार्यक्रममा सहभागी हुन इच्छुक कलाकारहरुलाई सम्पर्क राख्न आयोजकले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध