राजमति कुमतिको नारी संस्करण

नेपालभाषाको चर्चित लोक गीत ‘राजमति कुमति’को नारी संस्करण ‘राजमति कुमति धाल’ हालै सार्वजनिक गरिएको छ ।

प्रमाणित नभए पनि ऐतिहासिक लोकगीतको दर्जामा राखिएको यस गीतलाई जङ्गबहादुरको बेलायत भ्रमणको बेला नेपालको राष्ट्रिय गानका रुपमा बजाइएको थियो भनिन्छ ।

नेपालका अादिगायकका रूपमा लिइएका सेतुरामको स्वरमा पनि रेकर्ड गरिएको गीतमा गोल्डेन भ्वाइस अफ नेपालका रूपमा परिचित प्रेमध्वज प्रधानको स्वरमा पनि रेकर्ड गरिएको थियो । पछिल्लाे समय याे गीत धेरै लाेकप्रिय गायकहरूले आ–आफ्नाे स्वरमा रेकर्ड गराइ सकेका छन् ।

अहिले यही गीतको नारी संस्करणको रुपमा गायिका अगिना तण्डुकार शाहीको स्वरमा हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा गायिक अगिनाले पनि अभियन गरेकी छिन् भने रोशन शाक्य र दृष्टि जोशीको मुख्य भूमिका रहेको छ । दृष्टिले यसै म्युजिक भिडियोबाट डेब्यु गरेकी हुन् ।

यो म्युजिक भिडियोको निर्देशनको साथमा गीतको रचना पवन जोशीको रहेको छ भने छायाङ्कन र दृश्य सम्पादन राजेश शाक्यले गरेका छन् । काठमाडौं उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरको विभिन्न स्थानमा गीतको छायाङ्कन गरिएको छ ।

लोक लयमा आधारित गीतको संगीत संयोजन संगीतकार अनिल तुलाधरले गरेका छन् ।

गीत हेर्न यस लिंकमा क्लिक गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध