भाषासेवी तुलाधरको निधन

नेपालभाषा एकेडेमीका प्राज्ञ, इतिहासविद एवं साहित्य समालोचक प्रा. प्रेमशान्ति तुलाधरका श्रीमान् अमुल्य रत्न तुलाधरको अाज निधन भएको छ।

प्रा. प्रेमशान्तिमार्फत नेपाल भाषा क्षेत्रमा उहाँले निरन्तर सेवा प्रदान गर्दै  अाउनु भएको थियो ।

उहाँको  अाज बिहान ११:३० बजे निधन भएको हो। २००० साल कार्तिक २१ गते जन्मनु भएका उहाँको अाज बौद्ध परम्परा अनुसार काठमाडौंको कर्णदिपमा अन्त्येष्टी गरिएको छ ।

दिवंगत उहाँको दुइ   छोरा – प्रशन्न र सौरभ तुलाधर र एक छोरी पल्पसा कंसाकार छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध