भाषा थुवा मथुरा साय्मि अस्पताल भर्ना
नेपालभाषाका चर्चित आख्यानकार भाषाथुवा मथुरा साय्मि माइल्ड ब्रेन स्ट्रोक भई नर्भिक हस्पिटलमा आइसीयूमा उपचाररत हुनुहुन्छ ।
शुक्रबार साझ ६ बजे अचानक स्वास्थयमा समस्या आएपछि उहाँलाई ओम अस्पताल लगिएको थियो । त्यहाँ उहाँको ब्रेनमा समस्या देखिएपछि त्यहाँबाट नर्भिक अस्पताल लगिएको थियो । अहिले उहाँको स्वास्थ्यमा सुधार आइरहेको जानकारी प्राप्त भएको छ ।
८४ वर्षिय आख्यानकार मथुरा साय्मिले थुप्रै उपन्यास, कथा संग्रह लेखिसकेका छन् भने महिलाहरुलाई पनि उपन्यास विधामा अगाडि ल्याउनको लागि कोरोनाको समयमा उपन्यास लेखन प्रतियोगिता पनि आयोजना गर्नु भएको थियो । साथै सो अगाडि साहित्यकारहरुलाई प्रोत्साहन स्वरुप त्रास कथा प्रतियोगिता पनि संचालन गर्नु भएको थियो ।
पछिल्लाे समयमा उहाँकाे महाअभियान पुस्तक प्रकाशन भएकाे थियाे । जुन नेपालभाषा, नेपाली र अँग्रेजी भाषामा समेत उपलब्ध छ ।
उहाँको शिघ्र स्वास्थ्य लाभको मेरोएंगल कामना गर्दछ ।








