गुँलाको अवसरमा धम्मवति गुरुमाको प्रवचन
काठमाडौं
बौद्ध मार्गीहरुले विशेष श्रद्धाका साथ मनाइने गुँला पर्वका अवसरमा धम्मवति गुरुमाबाट आशिर्वचन प्रदान गर्नुभएको छ । नेपाली वौद्ध इतिहासमै प्रथम महिला “अग्ग महा गन्थवाचक पण्डित” उपाधि हासिल गर्नुहुने गुरुमाले गुँलाथ्व पारुका दिन आशिर्वचनका क्रममा सवैले बौद्ध भावना अभिवृद्धि गरी सवै निर्वाणको पथमा अगाडि बढ्न सकोस र हाल विश्वमा फैलिएको कोरना भाइरसको चाँडै अन्त्य होस् भन्ने कामना गर्नुभयो ।
गुँला धर्म शुरुभएको उपलक्ष्यमा आफ्ना उपासक उपासिकाहरुको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै धर्मकीर्ति विहारको आयोजनामा आशिर्वचन प्रदान गर्नुभएको हो ।








