क्याम्पसमा पनि स्थानीय सरकारले नेपाल भाषा संरक्षण सम्बद्वनमा जाेड दिनुपर्छ : अध्यक्ष महर्जन
काठमाडाैं । नेवाः विद्यार्थी युनियनले कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरलाई शुभकामना व्यक्त गरेका छन् ।
नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन, सचिव प्रशान्त डंगोल, सदस्यहरु मनिष मानव, विक्किराज महर्जन, रुपा शाही तथा रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषा शिक्षक प्रो.डा. चन्द्रमान बर्जाचार्यले सामुहिकमा कीर्तिपुर नगरपालिकामा नवनिर्वाचित मेयर राजन नकर्मी उपमेयर शुश लक्ष्मी शाक्यलाई भेटेर पाँच बर्ष कार्यकाल सफलताकाे शुभकामना तथा बढाइ दिएका थिए ।
नेवाः विध्यार्थी युनियनका रीदेन महर्जनले नवनिवार्चित मेयर उपमेयरलाई नेपालभाषा अभियानका बारेमा अवगत गराउँदै नेपालभाषा विषय अध्यापनमा अझै पनि चुनाैति व अवसर रहेकाे जनाउँदै स्थानीय सरकारले नेपाल भाषा संरक्षण सम्बद्वनमा याेगदान दिनु पर्नेमा जाेड दिएका थिए ।
नेवाः विध्यार्थी युनियनकै सकृयतामा हटाइ सकेकाे बि.ए. तहमा नेपाल भाषा विषय पुर्नस्थापना तथा एम. ए. तहमा गत बर्ष कार्तिक महिना देखि नेपाल भाषा रत्नराज्य लक्ष्मी क्याम्पस स्थापना गरी सञ्चालन गर्न सफल भएकाे थियाे ।









