समाजसेवा गरेर भिन्दयो डंगोलको ७३ औं जन्मदिन मनाए

काठमाडौं । टोखाका भिम श्री परिवारका घरमुलि भिन्दयो डंगोलको ७३ औं जन्मदिन जेष्ठ ५ गतेका दिन स्थानीय जात्रा पर्व संस्कृतिको संरक्षण सम्बद्धन गर्न आर्थिक सहयोग प्रदान गरि मनाएका छन् ।

भिम श्री परिवारका घर मुलि भिन्दयो डंगोलद्वारा टोखाका स्थानीय जात्रा पर्व संस्कृतिको संरक्षण सम्बद्धन गर्नका लागि टोखाका मुल नाइके हेमराज श्रेष्ठलाई ५० हजार रकम आर्थिक सहयोग प्रदान गरेका थिए ।

सो जन्मउत्सोवमा श्री इन्द्रायणी दापा खलका अध्यक्ष नाति डंगोलले टोखाको मौलिक परम्परा निरन्तरता दिइरहने मुलनाइके हेमराज दाइमार्फत भिन्दयो मामाले आर्थिक रकम हस्तान्तरण गरेको प्रति धन्यवाद दिदै स्वास्थ्यलाभको कामना गर्नुभयो ।

मुल नाइके हेमराज श्रेष्ठका अनुसार ‘हाम्रा अग्रजहरुका मुलनाइकेले टोखामा मनाउँदै आइरहेका जात्रापर्वहरु, चाडपर्वहरु संचालन गर्न नसक्दा अनेकन चुनौतीको सामना गरिहेको जनाए । आफुले मुलनाइकेको भुमिका सम्हाल्ने क्रममा बुबाले आफ्नै पुर्खाहरु मुलनाइके संचालन गर्न नसकेर माग्ने भैसइसकेको अवस्थामा पनि निरन्तरता दिइरहेकाले हेमराजदाइले सह्राहनीय राम्रो काम गरेको श्रेष्ठले जनाए ।

आज भिन्देव मामाले आफ्नो जन्मदिनको अवसरमा मुलनाइकेको खर्चबर्चको समस्या भयो कि भन्ने मनसायले उहाँले दिनुभएको आर्थिक सहयोगको लागि हृदय देखि नै हर्षित छु।” तर उहाँले दिनुभएको रकम संचित गर्दै विविध सांस्कृतिक पर्व चलाउन पुर्ण सदुपयोग गर्ने प्रतिबद्धता दिदै भिन्देव डंगोलको दिर्घायु सु–स्वास्थ्यको शुभकामना व्यक्त गरे ।

सो कार्यक्रम डंगोलका जेठो छोरा टोखाका समाजसेवी तथा सम्पदा अभियन्ता मनिराज डंगोल, माइला छोरा राजनीतिकर्मी सुशान्त डंगोल, कान्छा छोरा नेपाल भाषा अभियन्ता एवम् साहित्यकार प्रशान्त डंगोल, श्री इन्द्रायणी दापा खलका अध्यक्ष नाति डंगोल , मुल नाइके हेमराज श्रेष्ठ र पत्रकार लगायतको उपस्थिति रहेको थियो । भिम श्री परिवारका घर मुलि भिन्देव डंगोलद्वारा १० वर्ष अघि टोखाकै सांस्कृतिक नेतृत्व गरिरहेको श्री इन्द्रायणी दापा खलःटोखालाई ३ आना जग्गा समेत प्रदान गर्दै समाजसेवाको अनुपम उदाहरणीय भुमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध