मेयर शाक्य सम्मानित
बुद्ध धर्म, बुद्ध कर्म, बुद्ध वचन, संस्कार, आचरणका साथै बुद्ध वंश र अंश संरक्षण र सम्बद्र्धनको उद्देश्यले स्थापित शाक्य महाविहार संघको दोश्रो महाधिवेशन र छैठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
क्षेत्रपाटी पार्टी पालेसमा सम्पन्न कार्यक्रममा काठमाडौंका धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणका लागि अतुलनीय योगदान पु¥याएकोमा कामपाका मेयर विद्या सुन्दर शाक्यलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा मोति रत्न शाक्य । पुष्पराजन शाक्ययात ध्रुवतारा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा बागमति प्रदेशका सांसद एवम् पूर्व मन्त्री डा. अजयक्रान्ति शाक्य, गुठी संस्थानका प्रशासकिय प्रमुख किरण शाक्य, सांसद राजेश शाक्य, वडा २५ का वडाध्यक्ष नीलकाजी शाक्य, लुम्बिनी विकास समितिका सदस्य सचिव सानुराजा शाक्य लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
संघका प्रथम उपाध्यक्ष अमीररत्न शाक्यले स्वागत गरी सुरु भएको कार्यक्रममा महासचिव संघरत्न शाक्यले संघको वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चैतन्यराज शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशनबाट शुभकाजी शाक्यको नेतृत्वमा प्रथम उपाध्यक्ष अमीररत्न शाक्य, द्वितिय उपाध्यक्ष गौतमरत्न शाक्य चयन गरिएको छ ।्
यसैगरी महासचिव संघरत्न शाक्य, सचिव राजेश शाक्य, कोषाध्यक्ष चैतन्यराज शाक्य, सहकोषाध्यक्ष दिलिपरत्न शाक्य चयन भएका छन् ।
संघको कार्यकारी सदस्यमा विजयरत्न असंबरे, रोशन शाक्य, चन्द्रलोक शाक्य, मणिकर शाक्य, तिर्थ शाक्य, दुर्गादेवी शाक्य, लेखरत्न शाक्य, आनन्दरत्न शाक्य, अमीर कुमारी शाक्य, सुरेश शाक्य र अनित शाक्य सर्वसम्मत चयन भएका छन् ।








