आनन्दकुटी विहारमा ७ फिट अग्लो वुद्ध मूर्ति अनावरण

स्वयम्भू अवस्थित आनन्दकुटी विहारमा आज ७ फिट अग्लो बुद्ध मूर्तिको अनावरण गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि विहारको पुननिर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागारभित्र वुद्धको मूर्ति अनावरण गर्नुभएको हो ।
मूर्ति अनावरणपछि बोल्दै मेयर शाक्यले, ०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको आनन्दकुटी विहारको पुनःनिर्माणमा श्रीलंकाः सरकारले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै बुद्ध जन्मेकोे देशमा वुद्धसँग सम्बन्धित काम गर्न राज्यकोतर्फबाट महानगरले लगानी गरिरहेको बताउनुभयो ।
उहाँले बौद्ध धर्मका क्षेत्रमा काठमाडौँ महानगरले लुम्बिनीमा नेपाली शैलीको महाविहार, महानगरकै वडा १० को अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन निर्माण, वडा २८ मा वुद्ध विहार र वडा २५ को धर्मकीर्ति महाविहारको विस्तार भवन निर्माण भएको तथा वडा ५ मा नरबुद्ध विहार निर्माण भइरहेको बताउनु भयो ।
उहाँले भगिनी सम्बन्ध भएको रामग्राम नगरको पण्डितपुरमा शान्ति कोलियग्राम पार्क निर्माण भइरहेको पनि कार्यक्रममा बताउनु भयो ।
मूर्ति अनावरणपछि संक्षिप्त प्रतिक्रिया दिनु हुँदै कामपा १५ वडाका अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले पहिले सानो मूर्ति भएकोमा यसलाई ठूलोबाट प्रतिस्थापन गरिएको बताउनु भयो ।
आनन्द कुटी विहार वि. सं. १९९९ मा धम्मालोक महास्थविरले नेपालमा वुद्ध शाशनलाई पुनर्जागरण गराउन स्थापना गर्नुभएको हो ।
विहारका सचिव एवम् का.वा. प्रमुख धम्ममूर्ति महास्थविरको सभाध्यक्षतामा भएको कार्यक्रममा कामपा सम्पदा विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्य लगायतको उपस्थिति रहेको थियो ।
विहारका सदस्य एवम् बुद्धजयन्ती समारोह समितिका उपाध्यक्ष गौतमरत्न शाक्यले अनावरणको शिलापत्र वाचन गर्दै काठमाडौं महानगरपालिकाको गहकिलो आर्थिक सहयोगबाट ७ फिटको बुद्धमूर्तिका साथै कलात्मक सजावटको निर्माण भएको जानकारी दिनु भयो ।

IMG_0160
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध