एमाले १५ वडाले कार्यकर्ता भेला गर्दै
नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगर १५ शाखा कमिटीले आउँदो शनिवार बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं काठमाडौं जिल्लाका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यता तथा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यको विशेष आतिथ्यतामा हुने कार्यक्रममा केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले बिशेष सम्बोधन गर्ने शाखाले जनाएको छ ।
भुईखेल चौर स्वयम्भुमा हुने प्रशिक्षणमा सहभागिताका लागि अन्तरपार्टी निर्देशन सर्कुलर गरेको छ । स्थानीय कमिटीहरु अधिवेशनको संघारमा भैरहेको बेला यो मंच मार्फत जिल्ला अध्यक्षले महत्वपूर्ण निर्देशन दिने शाखा कमिटी अध्यक्ष धावा रुम्बाले बताएका छन् ।








