आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग
चु जी फाउण्डेसन, ताइवान (TZU CHI FOUNDATION) ले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुमा सञ्चालित आइसाेलेशनलाई अटो क्लेभ मेसिन एक थान, पोर्टेबल एक्सरे मेसिन एक थान, ईसीजी मेसिन एक थान हस्तान्तरण गरेको छ ।
फाउण्डेशनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन राम श्रेष्ठले ग्रहण गरेकाे थियाे ।
५० बेड क्षमताको आइसोलेशन सेन्टरमा हाल २३ जना उपचाररत छन् भने २५ जना कोभिड १९ जितेर स्वास्थ्य लाभ गरी डिस्चार्ज भइसकेका छन् ।

काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथा स्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजनसहितको आइसोलेशनका लागि आनन्दकुटी बिद्यापीठले स्थान उपलब्ध गराएको छ ।
मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने एक्सरे, ईसीजी, कोभिड बिरामीको सम्पुर्ण परिवारलाई पीसीआर टेस्टको ब्यवस्था पौष्टिक खाजाखाना लगायत सम्पूर्ण सुबिधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।

यस आइसोलेशनबाट स्वास्थ्य लाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षक सांसद श्रेष्ठले जानकारी गराउनु हुँदै फाउण्डेशनको निरन्तर साथ र सहयोगका लागि कृतज्ञ रहेको बताए ।
यसअघि पनि यसै फाउण्डेशनलेले ५ थान अक्सिजन कन्सन्ट्रेटर तथा विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ ।








