राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यालय स्थापित

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यालय आज विधिवत् रूपमा सञ्चालनमा ल्याइएको छ ।

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको पार्टी कार्यालय स्थापना र बोर्ड राख्ने कार्य महानगर भित्र यो नै पहिलो रहेको छ ।

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको पार्टी कार्यलयमा स्थापन पछी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवेले राष्ट्रिय युवा संघ १५ वडा कमिटीले गरेका गतिविधि बारेमा पनि जानकारी लिए । उनले राष्ट्रिय युवा संघ १५ वडा कमिटीले गरेका जनचेतना एवं १५ वडाबासीहरुलाई एम्बुलेन्स सेवा नि:शुल्क प्रदान गरेको कार्य एकदमै सराहनिय रहेको बताए । उनले आगामी दिनहरुमा कार्यक्रम गर्दा १५ का युवाहरूलाई अहिलेको जोखिम परिस्थितिमा आफू जोगिएर अगाडी बढ्न निर्देशन दिए ।

उनले अहिलेको परिस्थितिमा युवाहरु अग्रपंक्तिमा रहेर त काम गर्नु पर्ने तर जोस मा हैन होसमा रहेर कार्य गर्नु पर्ने बताउँदै १५ वडाका सदस्यहरुलाई राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीलाई वडा कार्यालयबाट पनि सहयोग गरिदिन आग्रह गरे ।

उनले केन्द्र राष्ट्रिय युवा संघ नेपाल१५ वडा कमिटीको कार्यले गर्दा गौरव महसुस गरेको र राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीलाई आवश्यक सहयोग केन्द्रबाट गर्नुका साथै स्वयम्भूमा केन्द्रबाट हेल्प डेस्क चाडै नै राख्ने बताए । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८का उत्प्रेरक तथा नेकपा एमाले महानगर सदस्य निसार उद्दिनले क्षेत्र नं ८का उत्प्रेरकको भुमिका राम्रोसँग निर्वाह गर्दै अगाडि बढीरहेकोमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रबाट धन्यवाद ज्ञापन गरे ।

त्यसै गरि राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंले पनि महानगरभित्र राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी जस्तो सक्रिय कमिटी अहिले नरहेको बताए । उनले यस्तो कार्य अरु वडाले पनि सिक्नुपर्ने बताए । उनले आफुले पनि खेलकुद महासंघबाट आवश्यक सहयोग गर्ने बचन दिए ।

अन्तमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवे तथा राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंले उपस्थित सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवे तथा राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंका साथै कामपा १५ वडा सदस्य आनन्द राम गौतम, अनिता परियार, नेकपा एमाले महानगर सदस्य लक्ष्मण शाही, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक तथा नेकपा एमाले महानगर सदस्य निसार उद्दिन, नेकपा एमाले महानगर सदस्य उद्दब खड्गी, नेकपा एमाले महानगर सदस्य सानू फुबरे, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाही, सदस्य अनिस महर्जन, दिलिप शाही, श्री रत्न महर्जनको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध