के के सञ्चालन गर्न पाइन्छ निषेधाज्ञाकाे समयमा काठमाडाैंमा

मेराे संवाददाता

काठमाडाैं

काठमाडाैं उपत्यकामा काेभिड–१९ काे संक्रमण बढेसँगै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूबीचकाे बैठकले बुधवार राति १२ बजेदेखि जारी गरेकाे निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवाहरूलाइ भने सञ्चालन गर्न दिने निर्णय गरेकाे छ ।

यसै क्रममा जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निम्न सेवाहरू सञ्चालनका लागि सहजीकरणा हुने जनाएकाे छ ः

१) दैनिक उपभाेग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नून, तेलकाे ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा)

२) कृषि तथा पशुपन्छी सम्बन्धी कार्य (कृषिजन्य बिउ बिजन, माछा/मासु र मासु जन्य पदार्थ, दान र भेटनरी सम्बन्धी)

३) बैंक तथा वित्तिय काराेवार

४) बीमा सम्बन्धी कार्य

५) अाैषधीजन्य सामग्री

६) स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्रीहरू

७) खानेपानी

८) ग्याँस, पेट्राेलियम पदार्थ

९) फोहरमैला व्यवस्थापन

१०) एम्बुलेन्स/शव बाहन / दमकल

११) कुटनैतिक नियाेग,

१२) डाक, तार वा टेलिफाेन सेवा

१३) प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी कार्य

१४) सञ्चार सेवा

१५) विद्युत सेवा

१६) मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति

१७) विवाह प्रयाेजन (७ जना मात्र)

१८) कोभिड १९ काे राेकथामका लागि अावश्यक पर्ने क्वारेन्टाइन, अाइशाेलेशनकाे व्यवस्थापन सम्बन्धी कार्यहरू संचालनकाे लागि सम्बन्धित निकायबाट जारी फाेटाेसहितकाे परिचयपत्र भएका

१९) प्रयाेजन खुल्ने सामग्रीहरू लिइ हिँडेका सवारी साधानहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध