शैक्षिक परामर्श सम्पन्न

ज्यापु महागुथिको आयोजनामा एसईई परिक्षा दिएर बसेका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श दिने काम यहि शुक्रबार नेपा बैक्वेटमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा शैक्षिक परामर्शदाता इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले परामर्श दिएका थिए । परामर्शदाता इन्द्र गरुङले विद्यार्थीहरुलाई अरुको लहलहैमा लागेर विषय नचुन्न र आफ्नो चाह, कार्य कुशलता र समक्षताको विश्लेषण गर्दै शैक्षिक यात्रा अगाडी बढाउन सुझाए । त्यस्तै अभिभावकहरुले आफ्ना सन्तानहरुलाई समय दिएर कुराकानी, छलफल गर्न र पढाई वा विषय छनौटमा कुनै किसिमको दबाब नदिन आग्रह गरे ।
करिब दुइ घन्टा सम्म दिइएको कार्यक्रममा १७५ जना विद्यार्थीको उल्लासका साथ सहभागि थिए । परामर्श कार्यक्रम पछि विद्यार्थिहरुले यस्तो कार्यक्रमको आवश्यकता रहेको बताएका छन् । यस्ता कार्यक्रमले विद्यार्थि र अभिभावकको दुरी कम गर्न पनि मद्दत गर्ने अनुभव भएका उनिहरु वताउछन् ।
सोहि कार्यक्रममा काठमाडौ बनहार्ट कलेजका उपप्राध्यापक सुरज शिवाकोटीले र समृद्धि कलेजका प्रधानाध्यापक नरेश श्रेष्ठले विद्यार्थीहरुलाई शुभकामना दिँदै विज्ञहरुको परामर्शलाई मनन गर्दै अगाडी बढ्न सुझाव दिनुभयो । कार्यक्रम अनौपचारिक रुपमा संचालन भएपनि यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्व राज्यमन्त्रि तिर्थराम डंगोलको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध