लकडाउनमा अभिनय गर्ने होइन त ?

नेपालभाषा चलचित्र निर्माण तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सुखावती मल्टी प्रोडक्सन प्रा.लि.को आयोजनामा लकडाउनको सदुपयोग गर्दै अभिनय प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
लकडाउनको समयमा घरमै बसेर एक्लै वा चार जनासम्मको समूहगत रुपमा अभिनय गरेर यस प्रतियोगितामा सहभागिता जनाउन सकिने सुखावतिका अध्यक्ष सुुरेन्द्र तुलाधरले बताएका छन् ।
नेपालभाषा र नेपालीमा हुने प्रतियोगितामा सहभागिताका लागि आउँदो जेठ १५ गतेभित्र आफ्नो अभिनय छायांकन गरी ईमेल मार्फत् आयोजकलाई पठाउनु पर्ने बताइएको छ ।
सम्पादन नगरी ३ देखि ५ मिनेटको समयावधिमा सन्देशमूलक अभिनय संलग्न गरिने बताउँदै सुखावतिका अध्यक्ष तुलाधरले निर्णायकको निर्णय अनुरुप टप १० छानिने र त्यी मध्ये प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।
इच्छुक सहभागीहरुले मोबाइलबाट समेत भिडियो खिचेर सहभागिता जनाउन सक्ने तर भिडियो तेर्सो गरेर खिचिएको हुनुपर्ने जनाएको छ ।
आइतवारसम्ममा प्रतियोगितामा सहभागिताका लागि १३ जनाले भिडियो दर्ता गराई सकेका छन् । जसमा काठमाडौंबाट अमु शाक्य, बिमला महर्जन, आर्या महर्जन, काजि नेवाः ललितपुरबाट मोहदिन खान, सबिन रत्न शाक्य, निशान प्रधान, जमुना महर्जन, अर्जुन पोखरेल, हसना महर्जन, रूक्साना महर्जन तथा भक्तपुरबाट कृष्ण शोभा उलक, र सजना प्रजापति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध