स्वयम्भुमा काेभिड–१९ हेल्प डेस्क
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले महामारीको रुपमा फैलिरहेको कोरोना-१९ को नयाँ भेरियन्ट बिरुद्ध नियमित जनचेतनामुलक कार्यक्रम गर्नुका साथै आज स्वयम्भू स्थित भगवान पाउमा हेल्प डेस्क स्थापना गरेको छ ।
आज उक्त हेल्प डेस्कबाट प्रहरी, ट्राफिक प्रहरी, पत्रकार तथा स्वयंसेवकहरुलाई मास्क, स्यानिटाइजर, पानी वितरण गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिनले कामपा १५ वडा कमिटिद्वारा संन्चालनमा ल्याएको यो हेल्प डेस्कले अहोरात्र नेपालीहरुको लागि खटिरहेका प्रहरी, ट्राफिक प्रहरी, पत्रकार तथा स्वयंसेवकहरुलाई मास्क, स्यानिटाइजर, पानी वितरण गर्ने सराहनीय कार्य गरेको र जनचेतना अभिवृद्धिका लागि स्थानीय घर दैलो गर्दै मास्क वितरण, माइकिङ कार्यक्रम गर्नुका साथै स्थानीयहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा संन्चालन गरिएको पनि जानकारी दिए ।
भोलिदेखि राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटि बिगतमा जस्तै स्वयम्भू प्रहरीसँग सहकार्य गरि अगाडी बढ्ने पनि बताए ।
अन्तमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष वचन बहादुर सिंहले राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटिले गरेको कार्य सराहनिय रहेको र अगामी दिनहरुमा पनि यसरी नै अगाडि बढ्न निर्देशन दिँदै उपस्थित सबैमा हार्दिक धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव रमेश आचार्य, स्थायी कमिटी सदस्य एंव का जिल्ला ईन्चार्ज शिब कुमार महर्जन, केन्द्रीय सचिवालय सदस्य एंव काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, केन्द्रीय सचिवालय सदस्य मन्जिब क्षेत्री, केन्द्रीय सदस्य एवं किर्तिपुर नगरपालिका उत्प्रेरक सुरेन्द्र थापा, नेकपा (एमाले) कामपा वडा नं १५ का पार्टी अध्यक्ष धावा रुम्बा , काठमाडौं महानगर कमिटी सदस्यहरू लक्ष्मण शाही, उद्दव खड्गी, कामपा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उदिन, सचिव सन्जय शाही, महिला युवा कमरेडहरु तपना नेम्बाङ, उमा खड्गी, नरर्बदा खड्का, रेबिका महर्जन लगायतका युवा कमरेडहरुको उपस्थित रहेको थियो ।












