पुष्पलाल स्मृति दिवसमा पार्क उद्घाटन

नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सिपाखामा पुष्पलाल पार्क उद्घाटन गरिएको छ ।

सम्बाेधनका क्रममा नेता नेपाल ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आज पुष्पलाललाई टोल टोलमा सम्झिरहेको र उहाँले कम्यूनिष्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको कदर सबैले गर्नु पर्नेमा जोड दिनु भयो ।
सम्बोधनका क्रममा नेता नेपालले पुष्पलालले माक्र्सको विचारलाई संसारभरी रहेका सर्वहारा वर्गका लागि वैचारिक हतियारका रुपमा ग्रहण गर्दै घोषणापत्र तयार पारी २००६ साल बैशाख १० गते नेपाल कम्यूनिष्ट पार्टीको घोषणा गर्नु भएको बताउनु भयो ।

उहाँले सम्बोधनका क्रममा भन्नु भयो, “पार्टी भनेको विचार, विधि र पद्धतिबाट चल्छ । असल कम्युनिष्ट हुन सिक्नु पर्छ । जनताप्रति निस्वार्थ सेवाको भावबाट लाग्न सक्नु पर्छ । कसैले कुनै गलत काम गर्छ भने त्यसको सजाँय पार्टीले होइन व्यक्तिले पाउनु पर्छ र सो लागु नभएमा पार्टी सकिन्छ । यही सोचका आधारमा हामी अगाडि बढ्नु पर्छ । वादविवाद हुँने बित्तिकै आँत्तिनु पर्दैन तर विधिबाट टुंग्याउनु पर्छ । नेता को हो भन्ने कुरा होइन, कुन विधिबाट अगाडि बढ्ने भन्नेमा लाग्नु पर्छ । सो लागु भएमा जनताले पुनः पार्टीलाई जिताउनेछ ।”

पुष्पलाल पार्ककाे उद्घाटनका क्रममा सम्बाेधन गर्नुहुँदै काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरलाई हरियाली क्षेत्रका रुपमा विकास गर्न खालि ठाउँहरुलाई पार्कको रुपमा विकास गर्न अगाडि बढीरहेको बताउनु भयो । सञ्चार माध्यममा देखिएको विकृतिप्रति इंगित गर्दै उहाँले समाचार प्रकाशन गर्दा समाचारको मूल्य र मान्यता अनुरुप चल्नका लागि आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आफूहरु निर्वाचित हुनु पूर्व र निर्वाचित भइसकेपछि काठमाडौंको अवस्थामा आएको फरक तुलना गर्दै आजको मितिमा काठमाडौं महानगरभित्रका अधिकांश सडकहरुको अवस्था राम्रो भएको र केही स्थानमा सुधार गर्न बाँकी रहेका ठाउँमा चाँडै सुधार गरिने बताउनु भयो ।
सांस्कृतिक सहर काठमाडौं महानगर भन्ने नाराका साथ अगाडि बढेको महानगरले नारा अनुरुप नै काठमाडौंका विभिन्न सांस्कृतिक महत्वका स्थलहरुको जिर्णोद्धार तथा पुनःनिर्माण कार्य भइरहेको बताउनु भयो ।

सम्बाेधनका क्रममा प्रदेश सांसद मा. बसन्त मानन्धर

प्रदेशसभा सदस्य मा. बसन्त मानन्धरले पुष्पलाललाई युगद्रष्टाका रुपमा चिन्न सकिने बताउनु भयो । “उहाँले जुन तीन ‘स’को सिद्धान्त प्रतिपादन गर्नुभएको छ, सिद्धान्त, संगठन र संघर्षको मान्यतालाई स्थापित गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।”

कार्यक्रममा संघीय सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम पुष्पलाल स्मृति केन्द्रका अध्यक्ष एवम् कामपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनको सभापतित्वमा कार्यक्रम भएको थियो ।

कार्यक्रमका केही झलक :

पार्ककाे शिलापत्र उद्घाटन गर्नु हुँदै नेता नेपाल
पार्कमा रहेकाे पुष्पलाल स्मृति केन्द्र
पुनःनिर्माणपछि पार्ककाे स्वरूप
पुनःनिर्माण अघिकाे पुष्पलाल पार्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध