कलाकार बिमला मानन्धर सरकारबाट पीडित

ख्वताबजि नेवाः टेलिसिरियलमा अभिनय गर्ने कलाकार बिमला महर्जन मानन्धरलाई हाल सरकारको मनोमानि सडक विस्तारले जग्गाविहिन बनाएको छ । कलाकार मानन्धरको भनाई अनुसार उहाँलाई केही जानकारी नै नदिइ सितापाईला धार्के सडक खण्डको सडक निर्माण गर्ने क्रममा आफ्नो पुख्र्यौली ४ रोपनि जग्गामा १६.४ मिटरको बाटो बनाएर ४ आना जग्गा मात्र बाँकी बनाएकोमा आफु सरकारबाट पिडित भएको र यसको छानविन गरि न्यायको लागि गत शुक्रवार पत्रकार सम्मलेन गरी जानकारी दिएको छ ।

कलाकार बिमला महर्जन मानन्धर
कलाकार बिमला महर्जन मानन्धर

उहाँले सडक निर्माणको क्रममा आफूलाई कुनै किसिमले सूचना नदिइकन आफूले तिरो तिर्दै आएको लालपूर्जा र नक्सामा देखिएको जग्गा मिचेर सडक बनाउन नपाउने समेत पत्रकार सम्मेलनका क्रममा बताउनुभएको थियो ।

कलाकार बिमला महर्जन मानन्धरकाे जग्गाकाे फिल्ड नक्सा

स्थानिय जनताको अनुसार सडक निर्माणका क्रममा स्थानीय जनप्रतिनिधिहरुले आफूहरुले सडकमा परेको जग्गाको मुआब्जा पाउनु पर्ने माग गरे पनि त्यसको सुनुवाई नभएको र कहिले मालपोट जाउ, कहिले माथिल्लो निकायमा भन्न जाऊ भनेर टार्ने गरेको बताउनु भयो । बाटो निर्माणको क्रममा कलाकार मानन्धरको जग्गामा मात्र बाटो दोब्बर भन्दा बढी फराकिलो गरी अन्य ठाउँमा साँघुरो बनाउनुले पनि सरकारले जानी जानी आफ्नो मापदण्डभन्दा बढी जग्गामा सडक बनाएको हो भन्ने देखिएको स्थानीय व्यक्तिको भनाइ रहेको छ ।
यसै सन्दर्भमा धुनीवेसी न.पा. ५ का वडा अध्यक्ष विशाल भट्टराईले भने आफ्नो कार्यकालमा सडक विस्तार नभएको २०७० सालको सडक निर्माणको विषयमा आफुले केहि गर्न नसकेको बताउनु भयो । उहाँले सडक निर्माणको चरणमा नै जग्गाधनीले आफ्नो जग्गाका विषयमा किन चाँसो राखेन भन्ने विषयमा पनि प्रश्न गर्नुभयो ।
कलाकार मानन्धरले आफ्ना श्रीमान् अहिले विदेशमा रहेर काम गरिरहेको र आफ्नो सम्पत्ति यसरी नासिएमा आफूसँग मर्नु बाहेकको विकल्प नहुने बताएकी छिन् ।
कुनै पनि जग्गामा सार्वजनिक निर्माण गर्नु अगाडि सम्बन्धित व्यक्तिलाई सूचना दिनु पर्ने सूचनाको हकको समेत उल्लंघन गरी सरकारले गरेको यो निर्माणले जनता पीडित बन्न पुगेकोलाई सम्बन्धित निकायले ध्यान दिन जरुरी छ र यसमा पीडित पक्षलाई न्याय दिलाउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध