आज कुमारी यात्रा नहुने

मेरो संवाददाता
काठमाडौं
जीवित देवी कुमारी आज कुमारीघरबाट बाहिर ननिकालिने भएको छ ।
जीवित देवीका रुपमा ख्यातिप्राप्त कुमारी विभिन्न पर्वका अवसरमा कुमारीघरबाट बाहिर घुमाउन लगिने गरिन्छ । यसैक्रममा आज काठमाडौंका विभिन्न बहाः र बहिहरुमा प्रदर्शनमा राखिने बहिद्यः (दीपंकर बुद्ध)हरुको दर्शनका लागि कुमारीलाई कुमारी घरबाट निकालिने प्रचलन रहेको छ ।
विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण कुमारीको खट यात्रा प्रभावित भएको हो । हाल उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको र कुमारी खट बोक्नका लागि भक्तपुरबाट आउनु पर्ने भएका कारण यस वर्ष कुमारी खट यात्रा प्रभावित भएको कुमारीघरसँग सम्बद्ध इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले बताउनु भयो ।
यस वर्षको इन्द्रजात्रा मनाउने सम्बन्धमा भने सम्बन्धित गुठीयारहरुसँग छलफल भइरहेको हुनाले तत्काल यस्तै हुन्छ भन्न नसकिने अध्यक्ष शाक्यले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध