इतिहासिककै ११ प्राणघातक रोगहरु
नेपालमा पनि वि.सं. २०७६ याने सन् २०२० मा विश्वभर कोरोनाको भाइरसको त्रासले सताएको थियो । भाईरस फैलने डर त्रास भएको थियो । उक्त भाइसर सर्ने डरले यात्रामा तात्कालीक यात्रामा कटौती भएका थिए, भिसामा प्रतिवन्ध लागेको पनि जो कसैलाई हालसम्म सम्झना छ जताततै क्वारन्टिन स्थापित थियो । भन्ने गरेको थियो कि मध्य चीनको हुपेई प्रान्तको वुहान शहरबाट देखापरेको कोरोना भाइरस (कोविड–१९) ६० देशमा पुग्नुका साथै अधिक राष्ट्रहरुमा सर्न पुगेको थियो नै । मुख्यभूमि चीनमा यसका कारणबाट २ हजार ८७० जनाको उत्नैखेर मृत्यु भइसकेको भएता पनि अन्यत्रमा भने यस कोरोनाबाट मर्नेको संख्या त्यति धेरै छैन ।
यसलाई “एपिडेमिक” का स्वरुपमा वर्गीकृत भने गरिएको थियो । संक्रमण र मृत्युको संख्या अन्यत्र पनि ह्वात्तै बढ्यो भने यो चाँडै नै “प्यानडेमिक” का स्वरुपमा वर्गीकृत हुन सक्तछ भनेका पनि थिए । कोभिड–१९ मा संक्रमितको मृत्युदर ३ दशमलव ४% भनेका थिए । यो इबोला माहामारीको सन्दर्भमा धेरै कम हो । इबोलाको मृत्युदर ४० दशमलव ४% थियो नै । भाइरसको संक्रमण रोक्न तत्कालिक समयमा बैज्ञानिकहरु दिनरात खोप र औषधि निर्माणको लागी दुःख कस्त गरेका थिए । तर यसको निमित्त कति समय लाग्छ भनेर अधिक सताएको पनि थियो ।
तात्कालिकमा कोरोेना भाइरसभन्दा पनि डरलाग्दो संक्रमण र थरि थरिका रोग समेत फैलिएको भान भएका थिए । तीमध्ये ११ घटना समय समयमा भएका यस प्रकारले दिनु बेस होला ।
१) औंलो

नेपालमा वि.सं २००८ (००७ साल प्रजातन्त्र पश्चात) चितवनका आदिवासी धिमाल जातिलाई तात्कालिक नेपाल सरकार (कांग्रेस सरकार बेला) ले पर्यटन विकाशको लागि भनी बाटो बनाउन उक्त धिमाल जातीसँग कर असुल गर्न खोज्दा त्यस धिमाल जाती डरले ठाउँ छाडी गए प्राय जसो त्यहाँ औलो र लामखुट्टेको सर्ने रोग (मोरङ्ग÷सुनसरिमा कोइराला खानदानबाट २ पैसा नपर्ने गरि अल्याख जग्गा प्राप्त गरेका थिए ) ले ८००० जतिको संख्या मानिस मृत्यु भएका थिए ।
२) छैटौं हैजा

ई.सं १८९९ निर शुरु भएको यो प्रकोप ई.सं १९२३ सम्मै चलेको थियो । यसको प्रकोप भारतमा शुरु भएको थियो । त्यहाँबाट यो मध्यपूर्व उत्तर अफ्रिका, पूर्वी यूरोप रुससम्म फैलन पुगेको थियो । हैजाको यो महामारीले भारतमा मात्र ८ लाख मानिसको मृत्यु भएको थियो । यसकै कारणले फिलिपिन्समा २ लाख र रुसमा ५ लाख मानिसको मृत्यु भएका थिए ।
३) तेश्रो हैजा
यो हैजा महामारी पनि ई.सं १८५२ मा भारतबाटै शुरु भएको थियो । बिस्तारै अन्य महादीपमा समेत फैलिएको थियो । यसै कारणले विश्व भरमा १० लाख मानिसको मृत्यु भएका थिए ।
४) हङ्कङ्फ्लू

ई.सं १९६८ मा एशियाली महादीपबाट उत्पत्ति भएको यो इन्फ्लुएन्जा भाइरसले विश्वव्यापि प्रकोपको स्वरुप लिएको थियो । एच ३ एन २ भाइरसले गर्दा भएको यो माहामारीमा १० लाख मानिस मृत्यु भएको थिए । ई.सं १९५७ मा देखा परेको इन्फ्लुएन्जा भाइरस पछि हङ्कङ् फ्लूमा विकसित भएको थियो ।
५) फ्लू ः
फ्लूको उत्पत्ति १८९० मा रुसबाट भएको थियो । आधुनिक यातायात पूर्वाधारकै कारण यो उत्तरी गोलार्धसम्म पुगेको थियो । एच ३ एन ८ भाइरसले यस महामारीमा १० लाख मानिसको मृत्यु भएको थियो ।
६) एशियन फ्लु ः
ई.सं. १९५६ मा चीनबाट निस्किएको थियो । ई.सं १९५८ मा यसको खोप पत्ता लागेपछि यसको महामारी सकिएको थियो । तर त्यतिबेला सम्म फैलिसकेको थियो । डब्लुएचओका अनुसार यो माहामारीबाट विश्वभरका गरी २० लाख मानिसको ज्यान गुमेको थियो । अमेरिकामा मात्रै यसबाट ७० हजार मानिसले ज्यान गुमाउन पुगे ।
७) एन्टनेन प्लेग ः
ई.सं. १६५ मा रोमन साम्राज्यमा देखापरेको यो महामारीले ५० लाख मानिसको ज्यान लिएको थियो । यो महामारी सुदूरपूर्व बाथ रोम फर्किएको सैनिक दलसँग आएको स्मलपक्स वा दादुरा भएको आशंका गरिएको पनि थियो ।
८) जस्टिनेन प्लेग ः
![]()
बुबोनिक प्लेग ई.सं. ५४१/४२ मा बैजान्टिन साम्राज्यमा र मेडिटेरियनका बन्दरगाह शहरमा शुरु भएको थियो । महामारी उत्कर्षमा भएको बेलामा एक दिनमै ५ हजारसम्म मानिस मरेको बताइएको थियो । बन्दरगाहमा आएका ठूलो संख्या अनि फोहर जहाजका कारण यो प्लेग फैलिएको बताइन्छ ।
यसै कारणवस २ करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ । यो त्यस बेलाको यूरोपको आधा जनसंख्या हो याने थियो ।
९) एचआईभी÷एड्स २००५–२०१२ ः

एचआइभी एड्स पहिलो पटक ई.सं १९७६ निर गणतन्त्र कङ्गोमा देखा परेको थियो । तर यो ई.सं २००५ देखि ई.सं. २०१२ को अन्तरालमा मात्रै खासगरी अफ्रिकी महाद्विपमा माहामारीका स्वरुपमा परिणत भयो । यौन सम्पर्कबाट सर्ने यो रोगका कारण सो दशकमा ३ करोड ५० लाख मानिसको मृत्यु भएको थियो । यो रोग अमेरिकामा पनि सरेको थियो ।
१०) स्पेनी फ्लु ः
ई.सं १९१८ मा देखा परेको यो ऐतिहासिकको सबैभन्दा डरलाग्दो फ्लु माहामारी हुन् । यसले करीब ५० करोड मानिस संक्रमित भएका थियो भने ५ करोड भन्दा धेरैको ज्यान गुमाउनु परेको थियो । यो माहामारी एचवन एनवन भाईरसले भएको थियो । अस्पतालमा थेग्नै नसक्ने भीडभाडका साथ फोहरले संक्रमण भने फैलिएको थियो ।
११) ब्लाय्क डेथ ः

यो इतिहासको डर लाग्दो महामारी हो । बुबोनिक प्लेगका कारण उत्पन्न भएको माहामारीमा २० करोडभन्दा बढी मानिसको मृत्यु भएको अनुमान थियो । यसको उत्पत्ति एशियामा ई.सं. १३४६ मा भएको इतिहासकारहरु बताउँछन् ।










