लिच्छवीकालमा चलन चल्तिमा ल्याईएका मूख्य मुद्राहरु

श्रीमानाङ्क मुद्रा
करिव इस्वी सन् पाँचौ शहस्राव्दीमा नेपालमा लिच्छवि शासक मानदेव प्रथमद्वारा श्रीमानाङ्क मुद्रा याने पैसा प्रचलनमा ल्याएका थिए । त्यस मुद्राको अगाडीको भागमा विन्दुयुक्त घेराभित्र माथिको भागमा “श्रीमानाङ्क” उल्लेख लिच्छवि लिपिमा लेख्नुका साथ त्यसकै मुनि उभ्याइएका एउटा पञ्जाले ध्वजा (झण्डा) बोकेको जस्तो सिंहको आकृति बनाइएको छ । उक्त मुद्राको पछाडिको भागमा अगाडीको भागमा जस्तै विन्दुयुक्त घेराभित्र माथिको भागमा दायाँमा “श्री भोगिनी” अभिलेख साथै बीचमा पद्मासनमा बसेको र दायाँ हातले पद्म (कमलको फूल) लियी उठाएकी र बायाँ हातको सामुने राखेकी द्विभुजी नारीकै आकृति अंकित गरेको देखिन्छ । उक्त श्री भोगिनी मानदेवकै रानी भन्नेहरु पनि नभएको होइन । श्रीमानाङ्क पैसामा अभिलेख र चित्र प्राय एकै प्रकारका देखिन्छ । तर पनि त्यहाँ भएको श्रीमानाङ्क र श्री भोगिनी उल्लेख, लक्ष्मी र सिंहको चित्राङ्कित एवं विन्दु याने थोपाथोपाहरुको ठीक बीच भागमा साधारणतया फरक भएको पाइन्छ । त्यसैको आधारमा यी मुद्रालाई विभिन्न विद्वान्हरुले अनेकण विचारले याने अलग अलग तरिकाल वर्गीकरण गरेका छन् ।
राजा मानदेव प्रथम इश्वी पाँचौंमा लिच्छवीहरुकै राजगद्दीमा बसेको थियो । खासमा मानदेवको जन्म कहिलेको साल र तिथि स्पट प्रमाणको रुपमा पाउन सकेको छैन । तर भन्नै पर्दा उस्को प्रख्यात पहिलो चरणको अभिलेख भने वि.सं. ५२१ को याने शक संवत् ३८६ को हाल भ.पु. जिल्लाको चाँगुनारायणको अभिलेख हो । त्यस अभिलेख हरफमा मानदेवको पुर्खा वृषदेव, शंकरदेव साथै धर्मदेवसम्मको नाम उल्लेख गर्नुका साथ उन्ले पूर्व तथा पश्चिमकै सामन्त सामन्तहरुलाई दबाइएको अनि धर्मको कार्यहरु उन्नत गरेसम्मको विवरण रहेको पाइन्छ । उक्त आधारमा मुद्रा “श्रीमानाङ्क” पनि त्यसै सालतिर नै प्रसारण भैसकेको हुनुपर्ने देखिन्छ । तापनि मानदेवको चाँगुनारायण अभिलेख पुग–नपुग एक दशक पूर्व पशुपतिकै छेउनिर पाइएको देखिन्छ । त्यस अभिलेखलाई कुनै कुनै विद्वानले मानदेवकै पालाको भन्दछ भने केहीले धर्मदेवकालिन मानेका छन् । (जगशीद चन्द्र रेग्मी, लिच्छवी इतिहास) यहाँनिर बाझिन पुगे । चाहे जस्को पालाको भएतापनि वि.सं. ५२१ को भनौं या चाँगुनारायणको अभिलेख राखिएकै बेला पनि मानदेवको सान र शक्ति बढीसकेको देखिन्छ । उक्त समयमा राजनैतिक स्थिति पनि समयानुकुल भइसकेको हुनाले सक संवत् ५२१ कै हाराहारीमा मानदेवले मानाङ्क मुद्रा प्रचलन गरेको हुनुपर्दछ भन्ने मान्यता देखिन्छ । त्यस समयमा सामन्तहरुलाई सजिलोसँग आफ्नो कब्जामा पारी धार्मिक कार्य प्रणाली समेत गरिएको तात्कालीक समयमा राजनीतिक स्वाधिनताको परिचायक पनि स्वतन्त्र रुपमा मानाङ्क प्रसारण गर्नु पनि स्वाभाविक मानिन्छ र देखिन्छ ।
खासमा भन्नुपर्दा उक्त “श्रीमानाङ्क” मुद्रा मानदेव प्रथमले नै प्रचलनमा ल्याएका हुन् वा होइनन् भन्ने कुरामा समेत् सामान्य विवाद देखिन्छ । तर पनि मानाङ्क मुद्रा मानदेवले नै चलाएको थियो भन्ने विषय अधिक भरपर्दो देखिन्छ । तसर्थ राजा मानदेवले नै चलाएको मानिने श्रीमानाङ्क मुद्राको याने “श्रीमानाङ्क” अभिलेखलाई कतिपय विद्वताहरुले आफ्नो नाममा अङ्क शब्दार्थ थपेर उनले यो मुद्रा प्रचलनमा ल्याएको मानेका पनि छन् ९च्भनmष् यउ। अष्त। ल्य। टढ, उ।ज्ञडज्ञ० भने प्राय कतिपयले यस शब्दार्थलाई वीरता साथै पराक्रम सूचकको स्वरुपमा लिइएका देखिन्छ ९म्जगलनभ ियउ। अष्त ल्य। डण्, उ ठठ० यसरी मानाङ्क शब्दार्थलाई जुन स्वरुपमा ब्याख्या विश्लेषण गरिएता पनि यो मुद्रा मानदेवले प्रचलनमा ल्याएको कुरामा प्राय जसो सम्पूर्ण विद्वान्हरुकै राय एकै प्रकार भएकाले यस मानाङ्क मुद्रालाई नेपालमा प्रसारित प्रथम धातु मुद्रा मान्नु अतिशयोक्तिपूर्ण हुँदैन । यसरी यस मुद्राको अगाडिको भागमा सिंहको आकृतिलाई कतिपय विद्वान्हरुले देवीको बाहान (हुन पनि शक्तिको स्वरुप हो नै) को स्वरुपमा लिएको पाइन्छ । तर मानदेवद्वारा आफ्नो वीरता देखाउन प्रस्ट्याउन मुद्राको अगाडिको भागमा सिंहको चित्र अंकित गराएको हुन् भन्ने कुरा उक्त सिंहको पञ्जाले ध्वजा उठाएबाट स्पष्ट हुने गरेको छ ।
“श्रीमानाङ्क” मुद्राको पृष्ठ याने पछाडिको भागमा अंकित श्री भोगिनी शब्द रचनालाई पनि कतिपय विद्वानहरुले मानदेवकी इष्टदेव मानेको देखिन्छ (जयसवाल, १९७६ः७२) तर भोगिनी राजा मानदेवकी पट्रानी थिइन् जसले गर्दा उनले आफ्नो मुद्रामा पटरानीको समेत नाम उल्लेख गराएका छन् । शक् संवत् ४२७ को पशुपति सूर्यघाटमा पाइएको शिलालेख मानदेवकी छोरी विजयावतीले राखेको शिवलिङ्ग अभिलेखले पनि भोगिनी मानदेवकी रानी थिइन् भन्ने प्रष्ट पार्दछ । त्यस्तै यस मानाङ्कको पछाडिको भागमा नारीकै आकृति चाहिँ लक्ष्मी मानिएको देखिन्छ । मानदेव राजा विष्णुदेव भक्त भएकोले उसद्वारा आफ्नो मुद्रामा विष्णुकै लक्ष्मीकै आकृति अंकित उल्लेख भएको हुनुपर्दछ । मानाङ्क ध्यागको पृष्ठभागको नारी कृतिले दायाँ हातमा कमलको फूल लिएको देखिन्छ । साधारणतया लक्ष्मीलाई कमलको फूलमाथि हातमा कमल नै लिएर ध्यानमा बसेको अवस्थामा प्रस्तुत गर्ने प्रणाली छन् । तसर्थ त्यस चित्राकृतिलाई लक्ष्मीको आकृति मान्दै आएको पाइन्छ । मानदेव विष्णुभक्त हुनु स्वाभाविक नै थियो । जसले गर्दा विष्णुकै शक्ति लक्ष्मीदेवीलाई आफ्नो मुद्रामा उल्लेख गराउनु भनेको स्वाभाविक नै देखिन आउँछ । त्यसरी नै त्यस समयमा व्यवसाय, व्यापार, कृषि, पशुपालन समेतका आर्थिक गतिविधि सम्पन्नता अवस्थामा रहने भएकाले पनि आफ्नो मुद्रामा मानदेवले लक्ष्मीदेवीको आकृति अंकित गराउन लगाएका हुन् भन्ने स्वाभाविकै देखिन्छ ।
“श्रीमानाङ्क” ध्यागहरु विभिन्न प्रकार आकारका नाप र तौलका पाउने गरिन्छ । त्यस मुद्रामा वर्तमान मुद्रामा झैं मूल्य अंकित गरिएको छैन । श्रीमानाङ्क मुद्राहरु नाप र तौल यसरी पनि पाइएको छ याने २.३५ देखि २.८ सेन्टिमिटर ब्याससम्मकै ठूला तथा साना याने फरक फरक प्रकारका पाइने गरेका छन् । त्यस मानाङ्कहरुको तौल ७.९८० देखि १४.४६३ ग्रामसम्मको पाइएको छ । अज्जै विरलै पाउने प्रकारका पनि पाइन्छ । उक्त आधारमा मानाङ्क पैसा तौलेर प्रयोग गरिने यात तौलद्वारा तिनीहरुका मूल्य निर्धारण गरिन्थ्यो भन्ने मान्ने गरेको पाइन्छ । सम्भव हुनसम्म यी पैसाको मापन एकाई पण, कार्षापण र पुराण नै गरेको देखिन्छ ।
प्रकारहरु ः
“श्रीमानाङ्क” मुद्रा याने ध्यागहरुलाई अनेकन आधारहरुमा भिन्न भिन्न भनौं या अलग अलग भागहरुलाई वर्गीकरण गरिएको पाइएको छ । उक्त मुद्राहरुमा उल्लेख भएका अभिलेख र चिन्हहरुकै साधारणतया विभेदको आधारमा नै यिनीहरुलाई वर्गीकरण गर्नुपर्ने हुन्छ । जस्तै यस मुद्राका अभिलेख “श्रीमानाङ्क” तथा श्रीभोगिनी गरी अगाडि र पछाडि गरी दुवै पट्टिका दुई वटा शब्द मात्र छन् । याने तिनीहरु पनि कुनै कतै मुद्राको सिधा माथिल्लो भागमा र कुनैमा भने दायाँतिर अंकित गरिएका पाईन्छ । त्यसरी नै त्यस मानाङ्कको अगाडिको भागमा हुने सिंह चित्रांकितले कुनैमा ध्वजा याने झण्डा समातेको र कुनैमा भने झण्डा नसमाएको देखिन्छ, जसले गर्दा पनि ‘श्रीमानाङ्क’ ध्यागलाई अनेकन स्वरुपमा भागको वर्गीकरण गर्न सजिलो भएको छ ।
यस ‘श्रीमानाङ्क’ ध्यागलाई विभाजन गर्दा सत्यमोहन जोशीले तीन भागमा, रोड्स एवं भाल्देतारोले चार मूलभागमा र हरिराम जोशीले ते¥ह भागमा र सो¥ह उपभागमा वर्गीकरण गर्न पुगेका छन् । तापनि नरमगरम रुपमा तिनीहरुलाई निम्नाुनसार चार भागमा छुट्याई अध्ययन गर्न भने मनासिब हुने देखिन्छ ।
क) प्रथम प्रकारको तवरमा ः
अगाडिको भाग ः यस प्रकारको मुद्राको अगाडि भागमा विन्दुयुक्त घेराभित्रको बीचमा उभिएको सिंह छ । उक्त सिंहले आफ्नो अगाडिको दायाँ पञ्जा अलिक माथि उठाएको देखिन्छ । तर त्यस सिंहले पञ्जामा कुनै केही पनि समाएको देखिँदैन । सिंहको माथिपट्टि याने अर्ध गोलाकार आकृतिमा भने लिच्छवि लिपि याने अक्षरमा “श्रीमानाङ्क” अभिलेख उल्लेख गरिएको छ ।
पछाडिको भाग ः “श्रीमानाङ्क” मुद्रा याने ध्यागको प्रथम प्रकारमा मुद्राकै पृष्ठ भागमा विन्दुयुक्त घेराभित्र कमलको फूलमाथि बसेको लक्ष्मीको आकृति छ । उक्त लक्ष्मी पूर्ण स्वरुपमा फक्रेको कमल फूमाथि योग ध्यान बसेकी (तर उक्त आकृति मानदेवकै रानी पनि भन्ने गरिएको छ) छन् । उनका दुई हात छन्, त्यस मध्ये बायाँ हात बायाँ कम्मरमै अड्याए जस्तै देखिन्छ । उनैले दायाँ हात दायाँ कानसम्म पुग्ने गरी उठाएर हातमा पुरै स्वरुपमा फक्रिएको कमल फूल लिएकी छिन् । यो मुद्राको ध्याग यसै भागमा लक्ष्मीको आकृति भन्दा माथि ‘श्री भोगिनी’ अभिलेख लिच्छवि अक्षरमा उल्लेख गरिएको छ ।
ख) दोश्रो प्रकार ः
अगाडिको भाग ः यो प्रकारको मुद्रामा अगाडिको भागमा पहिलो प्रचारको मुद्राकै सरहका आकृति र अभिलेख देख्न सकिन्छ । अग्रभागको सिंहले अगाडिको दायाँ पञ्जा याने हात नै उठाएको छ र ध्वजा (झण्डा) बोकेको देखिँदैन तापनि यसको माथिको भागको “श्रीमानाङ्क” अभिलेख छड्के पारेर यात अर्धगोलाकार रुपमा नभै सिधा हरफमा लेखिएको देख्न सकिन्छ । यसरी बनाउनाले मुद्रा (पैसा)मा सिंहको चित्राङ्क प्रथम प्रकारको मुद्रा भन्दा सानो आकारले बनेको देखिन्छ ।
पछाडिको – दोश्रो प्रकारको मानाङ्क मुद्राको पछाडिको भागमा पहिलो प्रकारको सरहमै लक्ष्मीको आकृति र “श्रीभोगिनी” उल्लेख्य अंकित छन् । तर यो मुद्राको लक्ष्मी बसेको कमलको फूल नालयुक्तमा छ । उक्त कमल नालमै भएको फूलेको कमलफूल देखाउँदा लक्ष्मीकै चित्रांकित मुद्राको माथिको भागसम्म पुगेको हुँदा यसमा माथिल्लो भागमा उल्लेख भएको अभिलेख अंकित गर्ने भागको अभाव हुन पुगेको छ अनि “श्रीभोगिनी” अभिलेख लक्ष्मीको देब्रेमा छड्के पारी अंकित गरिएको भने प्रष्ट देखिन्छ ।
ग) तेश्रो प्रकार ः
अगाडिको भाग ः तेश्रो प्रकारको “श्रीमानाङ्क” ध्यागको अगाडिको भागमा पहिलेको र दोश्रो प्रकारका उक्त मुद्राको सरह विन्दुयुक्त घेराभित्रको भागमा सिंहको आकृति एवं त्यस आकृतिको माथि साथै यदाकदा माथिबाट दायाँपट्टि ढल्काई लिच्छवि लिपिमा “मानाङ्क” ध्यागको अगाडिको भागमा सिंहको आकृति एवं त्यस आकृतिको माथि साथै यदाकदा माथिबाट दायाँपट्टि ढल्काई लिच्छवि लिपिमा “मानाङ्क” अभिलेख अंकित गरिएको पाइएको छ । यसैको अगाडि भागको सिंहमा मात्र माथिको दुई किसिमका मुद्रा भन्दा अन्तर रहेको पाइएको छ । यो प्रकारको पैसामा भएको सिंहले दायाँको पञ्जा उठाएर झण्डा बोकेको देखाइएको पाइने गरेको छ ।
पछाडिको भाग ः तृतिय प्रकारको “श्रीमानाङ्क” मुद्राको पछाडिको भागमा माथिकै प्रथम तथा दोश्रो प्रकारका मुद्रा याने पैसाको सरह विन्दुयुक्त घेराभित्रै कमलमा आसनमा लक्ष्मी बसेको चित्राङ्कृत देखाइएको पाइन्छ । यस प्रकारको मुद्रा ध्यागमा लक्ष्मीले आफ्नो बायाँ कुनै कतै कम्मरमा राखेको छ भने कुनैमा काखमाथि राखेको पनि पाइएको छ । त्यस्तै लक्ष्मी बसेकी कमल फूल पनि कतै कतै नालपानी रहित र कुनैमा भने नालपानीसहितको अंकित भएको देखिन्छ । नालसहित रहेको लक्ष्मी आसिन कमल फूलमा कमलकै पातहरु समेत आकर्षक चित्राङ्कनमा अंकित भएको पाइएको छ ।
घ) चौथो प्रकार ः
अगाडिको भागमा “श्रीमानाङ्क” मुद्राको चारौं प्रकारको अग्रभागमा प्रथम, दुतिय तथा तृतीय प्रकारको सरह देखिन्छन् । यसको सिंहको आकृति अगाडि हुने वस्तुहरु मात्र फरकता पाइन्छ । यस प्रकारको ध्यागमा सिंहले आफ्नो दायाँ पञ्जाले वरिपरि ६ वटा अनि बिचभागमा एक गरी सातवटा विन्दु भएको फूल (झण्डा वा के) बोकेको पाइन्छ ।
पछाडिको भाग ः चौथो प्रकारको “श्रीमानाङ्क” मुद्राकै पछाडिको भागमा सम्पूर्ण चिन्हहरु र अभिलेख समान छन् । त्यसैको पछाडिको भागको लक्ष्मीको चित्राङ्कन कतै ठूलो छ भने कतै सानो एवं श्रीभोगिनी अभिलेख पनि मुद्राकै सिधामाथि याने लक्ष्मीको आकृतिको माथि अनि बायाँनिर पनि अंकित गरिएको देख्न पाइन्छ ।
लक्ष्मी आकृतिले बाला लगाएको र नलगाएको रुप याने लक्ष्मीकै दायाँ र बायाँ काँध छेउनिर पद्म फूल भएको तथा नभएको अवस्था, उनले मुकुट र कर्ण कुण्डल लगाएको तथा नलगाएको परिस्थिति, लक्ष्मीको अभय मुद्राको अवस्था, कपालमा पद्मको फूल लगाएको र नलगाएको अवस्थाको अलग÷अलग प्रकारको मुकुट, बाला आदि र लक्ष्मीको हातका विविध योग मुद्रा, सिंहले उठाएको पञ्जा, नउठाएको, पञ्जामा कुनै केही लिएको र नलिएको अवस्थालाई श्रीमानाङ्क मुद्राको वर्गीकरण आधारमा बनाईएको ९व्यकजष्, ए। अष्त ल्य। डढ० देखिन्छ । भन्नुपर्दा कतिपय चिन्हहरु भने बुझ्नै नसकिने पनि छन् । तसर्थ यी मुद्राहरुमा तिनीहरुमा अंकित अस्पष्ट चित्राङ्कनहरुको आधारमा मात्रै वर्गीकरण गर्नु भने उचित मान्न मिल्दैन । लामै समयसम्म “मानाङ्क” सिक्का प्रचलनमा ल्याएकोले र सामान्य प्रकारका अलग÷अलग डाई प्रयोग गरिनुका साथ तिनीहरु निष्काशन गरिएकाले यी श्रीमानाङ्कमा विविधता हुनु साधारणतया ठानिन्छ, नै । तसर्थ शुक्ष्मय चिन्हहरु केलाई तिनीहरुको वर्गीकरण गर्नु उचित या वैज्ञानिक ठहर्न जान्छ । यसैको अर्थमा “श्रीमानाङ्क” मुद्राको विषयमा माथि वर्णन गरिएझैं जुन जस्तो प्रकारको भएता पनि मुख्यतया चार भागमा वर्गीकरण गर्दामा सबैभन्दा वैज्ञानिक ठहरिन जान्छ ।
पुनश्च गुप्तवंशीय गोपाल (ग्वाला) गाईपालक र महिष याने भैंसीपालक राजाहरुको अभ्युदयमा नेपालको प्रागीक इतिहासमा दुई प्रकारको गुप्तवंशी राजाहरुको शासन (प्रथम गोपालवंशी गाइपालक र दोश्रो महिषपाल याने भैंसिपालक थिए) चलेको पाइन्छ ।
मुद्राको गणितफलमा प्रथम गुप्तवंशी अन्तिम राजा जयगुप्त द्वितीयका मुद्रा ढाल्ने साँचो (डाई) मगधको नजीक मालडाको खोदाईमा प्राप्त भएको छ । अर्को कुरा द्वितीय गुप्तवंशी महीषपालवंशी प्रथम राजा वीरसिंहको मुद्रा करिब आठदशक पहिल्यै व्रिटीश संग्रहालयमा रहेको पाइन्छ । त्यसैकारण लिच्छवी राजा प्रथम मानदेव भन्दा धेरै अगाडि मुद्रा नेपालमा प्रचलनमा आइसकेको प्राज्ञिक इतिहासबाट प्रमाणित हुन आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध