काष्ठमण्डपकाे ६५% काम सकियाे

मेराे संवाददाता

काठमाडाैंकाे परिचायककाे रूपमा रहेकाे काष्ठमण्डप पुनःनिर्माण ६५% सम्पन्न भएकाे पुनःनिर्माण समितिका अध्यक्ष मा. राजेश शाक्यले जानकारी दिनु भएकाे छ ।

काष्ठमण्डपकाे दशवटा दलिन पूजाकाे क्रममा मेराे साप्ताहिकसँग कुरा गर्दै उहाँले साे कुरा बताउनु भएकाे हाे ।

उहाँले यही अार्थिक वर्षकाे अन्तसम्ममा पुनःनिर्माणकाे कार्य सम्पन्न गर्ने लक्ष्य भए पनि सकेसम्म काम छिटाे सकाउनकै लागि लकडाउनका समयमा समेत काम सुचारू राखिएकाे जानकारी गराउनु भयाे ।

यसैगरी काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २०७२ सालकाे विनाशकारी भूकम्पका कारण भत्किएकाे काष्ठमण्डपकाे पुनःनिर्माणकाे जिम्मेवारी बहन गर्ने माैका अाएकाे बताउनु हुँदै लक्ष्य अनुरूप नै यसै अार्थिक वर्षभित्र याे कार्य सम्पन्न गर्ने बताउनु भयाे ।

उहाँले काष्ठमण्डप पूर्णरूपमा काठमाडाैं महानगरपालिकाकै बजेटमा तयार गर्न लागेकाे र यसमा सम्बन्धित गुठीका व्यक्तिहरूकाे समेत सहभागीतामा नयाँ माेडलमा उपभाेक्ता समिति बनाइ निर्माण कार्य गरिएकाे बताउनु भयाे ।

पूजाकै क्रममा काठमाडाैं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले जनप्रतिनिधिहरू निर्वाचित भइसकेपछि गरेकाे याे एउटा उदाहरणीय काम भएकाे उल्लेख गर्नुभयाे ।

पूजा यज्ञमानपति बज्राचार्यकाे प्रमुख नेतृत्वमा पाँच जना बज्राचार्यहरूले गराउनु भएकाे थियाे । कामपाका मेयर शाक्य, प्रदेशसभा सदस्य एवम् पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपमेयर खड्गी श्रेष्ठ, २० वडाका अध्यक्ष राजेन्द्र मानन्धर र समितिका उपाध्यक्ष तेज रत्न कंसाकारले जजमानकाे रूपमा पूजामा सहभागिता जनाएका थिए ।

पूजाका क्रममा दशपारमिता पाठ पनि गरिएकाे थियाे ।

 

पूजासम्बन्धी भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध