स्थानिय निकायमा विकेन्द्रित न्यायिक पहुँच ः आवश्यकता र अपरिहार्यता

हालै नेपाल सरकारले स्थानीय निकायमा न्यायिक समिति संविधानको धारा २१७ बमोजिम व्यवस्था गरेको छ । स्थानीय सरकार संचालनको लागि नगरपालिकाको उपप्रमुख साथै गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति रहने व्यवस्था गरेको छ हरेक पालिकामा । सोहि अनुरुप आम जनताको विभिन्न समस्याहरु बारेमा न्याय सम्बन्धी सेवाको लागि यो कार्यको व्यवस्था गरिएको छ ।
बाग्मती प्रदेश र गण्डकी प्रदेशमा प्रत्येक पालिकाहरुमा न्यायिक सहजकर्ताको व्यवस्था गरेको छ । बाग्मति प्रदेशमा केही पालिकाहरु र गण्डकी प्रदेशको सबै पालिकाहरुमा स्थानिय न्यायिक सहजकर्ताको पदपूर्ति गरिएको छ, जुन उदाहरणीय छ । त्यस्तै काठमाडौं महानगरपालिकाले गत वर्षदेखि यस पालिकाको ३२ वटै वडा कार्यालय र केन्द्रिय कार्यालयमा रहने गरी ३५ वटै वडा न्यायिक सहजकर्ताको नियुक्ति गरी वडा स्तरमा आम व्यक्तिको सेवाको लागि खटाएको अवस्था छ ।
समाजमा अर्थात् गाउँ, टोल छर छिमेकमा हुने सडक, बाटोघाटो, घर निर्माण, झै झगडा, पारिवारिक विवाद, गाली गलौज, धानवाली नष्ट, सीमाना साँधको समस्या, व्यवसायिक कारोवारहरु सम्बन्धी कुराहरु जस्ता विवादको उजुरी न्यायिक समिति मार्फत संचालित वडाको न्यायिक डेस्कमा लिने र निःशुल्क कानुनी सेवा दिई समाधान गर्ने कार्य भइरहेको छ । जस अन्तरगत सेवाग्राहीहरुले पाउने न्यायिक पहुँच र जनचेतनाको स्तरमा वृद्धि भएको छ । र, पहिला सिधै जिल्ला अदालतमा जाने मुद्दाहरु न्यूनिकरण भएको छ ।
न्यायिक समितिमार्फत वडा स्तरमा पनि विवादहरुको निष्पक्ष न्यायिक सहजकर्ता र वडा महिला, संजाल मार्फत मेलमिलापकर्ताको पहलमा समन्वय गरी न्यूनीकरण गरिन्छ । प्रायः समस्याहरुको समाधान अर्थात् विवादको निरुपण मेलमिलाप र सहजीकरणबाट हुने गरेको छ । र यो अभ्यासमा वृद्धि भइरहेको छ । वडामा समाधान नभएको विवाद तथा विवादका मुद्दाहरु काठमाडांै महानगरपालिकाको न्यायिक समितिमा पठाइने गरिन्छ ।
काठमाडौं महानगरपालिका
अन्तरर्गतको कानून तथा मानवअधिकार विभाग अन्तरगत मेलमिलाप शाखाबाट नभए माथिल्लो निकाय, इजलाशमा बहस गरी फैसला गरी टुङ्गिन्छ र फैसला कार्यान्वयनमा पठाइ अन्तिम रुप दिइन्छ । त्यसमा चित्त नबुझे जिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ । सकेसम्म आर्थिक अवस्था कमजोर भएका लगायत ज्येष्ठ नागरिक, एकल एवं अशक्त अपाङ्गता भएको व्यक्ति पिछडिएका व्यक्तिसहित सवैको लागि निःशुल्क कानुनी परामर्श गर्ने र न्यायिक सहजीकरण गरी सेवा दिने व्यवस्था सम्वन्धित वडाबाट नै गरिएको छ ।
यस का.म.पा. वडा नं १२ को सन्दर्भमा म न्यायिक सहजकर्ताको रुपमा खटिइ आएपछि यहाँ भएको धेरै सन्दर्भहरु मध्ये केहीको चर्चा गर्न उपयुक्त ठान्छु ।
यस वडामा सांस्कृतिक र कला कौशल सम्वन्धी राम्रो परिचित वडा रहेको पाइयो । धेरै संघसंस्थाहरु रहेको र सांस्कृतिक परम्परा धान्न जगेर्ना गर्न तल्लीन भएको देखि केही केशहरु जेन्जी आन्दोलन पछि बढेको पाइयो ।
जसमध्ये सहकारी पीडितहरु रहेको पाइयो तर संचालन र निक्षेप वचतकर्ताहरुमा एउटा विश्वासको वातावरण रहेको पाएँ । सम्बन्धविच्छेदका घटनाहरु पनि यस वडामा निकै रहेको पाएँ । दुई वटा श्रीमतीबाट सन्तान भइसकेको तर सम्बन्ध विच्छेद कसैले नगरेको र कसैले १४ वर्षको बच्चा भइसक्दा पनि एक वर्ष अघिमात्र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको पाइयो । त्यो पनि विद्यालयमा बच्चाको जन्मदर्ता कक्षा ८ को परीक्षाको लागि अनिवार्य आवश्यक परेकोले लिन आएकोले ।
त्यस्तै यस वडामा अविवाहित बसेका महिलाहरु अधिकांश रहेको छ अब पचास वर्ष उमेर कटेपछि दाजु भाइले अंश सम्बन्धी कुरामा, खान लाउन कष्ट पर्ने भएकोले झैझगडा र विवाद मनमुटाव भएर अंशको लागि वडा कार्यालय आउने गरेको पाइयो । त्यस्तै परिवार परिवारमा झैझगडा हुँदा, चोरीको घटना बढ्दा अअतख क्यामेरामा कैद प्रमाण हेरी समाधानको लागि निवेदन दिने केही प्रतिशत थिए ।
त्यस्तै कतिपय वडावासीलाई एकल महिला भत्ता पाउँछ भन्ने थाहा नभएको मतदाता पचिय पत्र बनाउनु पर्छ भन्ने समेत थाहा नभएको गुठीको जग्गा विवाद, अंशियार हक कायम, गुठीको पुजारीको लागि सिफारिस, विदेश जाने विद्यार्थीहरुको सिफारिस नाता प्रमाणित, कर चुक्ता प्रमाणित जस्ता कार्यहरु तीव्र गतिमा बढेको देखेँ र प्रवासिने जनसंख्यामा बृद्धि भएको पाएँ ।
यस वडामा लामो समय बसेर बाहिर जिल्लाको सिफारिश पनि यहीँबाट लिन आउने पनि केही मात्रामा थिए ।
सामाजिक सुरक्षा भत्ता (अपांगता, एकल महिला, ज्येष्ठ नागरिक लगायत) औषधि उपचार र विपन्न उपचार सेवा लिनेको संख्यामा पनि वृद्धि भएको पाएँ । यस वडामा क्यान्सर पीडित, मृगौला पीडीत नागरिक पनि धेरै भएको पाइयो । झैझगडा, घरायसी विवाद सानोतिनो कुरामा, संकीर्णताको कारणले भएको पनि पाइयो । केही मात्रामा सीधै प्रहरी चौकी र महिला सेल गुहार्ने व्यक्तित्वहरु पनि पाइयो । जब कि वडा कार्यालय विवाद भएको घरदेखि २०० मीटर दुरी पनि नभएको अवस्था छ । तसर्थ उनीहरुलाई यस्तो समस्या पर्दा पहिला वडा कार्यालयमा आउने जनचेतनात्मक वातावरणको विकास गरेका छौं ।
त्यस्तै घर जग्गा विवादका समस्याहरु, सीमाना साँघ, अंशवण्डाका मुद्दाका घटनाहरु र व्यक्तिगत घटना दर्ताका निवेदनहरु निकै आए । जेन्जी आन्दोलन कागजातको नयाँको लागि प्रतिलिपि सिफारिश गर्न र मालपोत कार्यालयमा चलेका स्रेस्ता अद्यावधिक गर्न सिफारिश लिन आउनेको चाप पनि निकै बढ्यो र निरन्तर छ ।
वडामा हुने मुख्यत कामहरु दिनहुँ दाता प्रमाणित, फरक थर सच्याउने सामाजिक सुरक्षा भत्ता, जग्गा सम्बन्धी नामसारी, भोगचलन, अंशचलन, सिफारिश, लिखित प्रमाणिकरण, थर नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम वा थरमा केही फरक भए दुवै व्यक्ति एउटै हो भनी सिफारिश, ढल निकास, बाटो भत्काउने, खानेपानी, धारा जडान, घर निर्माण सम्पन्न, विद्युतमिटर बक्समा घरधनीको नाम परिवर्तन, व्यवसाय दर्ता, नविकरण, कर तिर्ने, कर चुक्ता, नाबालक परिचय पत्र, विवाह दर्ता जस्ता सिफारिशका कामहरु सेवाग्राहीको प्रमुख काम मध्ये पर्दछ । त्यस अलावा म आए पश्चात् उजुरी छुट्टै दर्ता गरी वडा महिला संजाल अन्तरगत मातहतमा रही छलफल तथा मौखिक प्रक्रियाद्वारा न्यायिक समाधान गरिँदै आएको छ । केही जटिल निर्णय लिनुपर्ने र क्षेत्राधिकार बाहिर नपरोस् भनेर त्यस्ता मुद्दा एवं बन्न लायक उजुरीहरु केन्द्र÷महानगरपालिकाको कानून तथा मानवधिकार विभागमा सक्कल फाइल सहित राज्यको लागि पठाउने गर्छौं । त्यहाँबाट आएको लिखित रायको आधारमा हामीले न्यायिक डेस्कबाट न्याय निरुपण गर्छौं, र अन्तिम रुप वडा सचिव एवं वडाअध्यक्ष लगायतको संयुक्त निर्णयबाट गरिन्छ ।
मृत्युदर्ता प्रमाणपत्र नलिएका, नागरिकता विहिन व्यक्ति तर मृत्यु गरे छोराको नागरिकतामा बुबाको नाम उल्लेख भएको जग्गाधनी पूर्जामा नाम उल्लेख भएका जस्ता कुराहरुमा, कोहि बीस, बाइस वर्ष भारत तथा अन्यत्र पलायन भएको र बच्चाको जन्मदर्ता समेत नगरी नागरिकताको उद्देश्य लिएर आएका व्यक्तिहरुको सनाखत गर्ने काममा भूमिका होस या स्थलगत निरीक्षण कार्यमा वडा सदस्यहरुले राम्रो दायित्व निर्वाह गर्नुभएको पाएँ । वडासदस्यहरुमा पुष्परत्न प्रजापति, श्याम काजी खड्गी, दलित महिला सदस्य मुना गहतराज लगायत हुनुहुन्छ भने वडा महिला संजालका संयोजक वडासदस्य समेत रहनु भएकी २ कार्यकाल जननिर्वाचित हुनुभएका नानीहेरा डंगोल हुनुहुन्छ ।
वडा सचिव एवं वडा महिला संजालको हकमा सचिव समेत रहनु भएका संजुमा महर्जन र वडा अध्यक्ष बालकृष्ण महर्जन कसैलाई अप्ठेरो पार्नुहुन्न, सहज र सन्तुष्टजनक सेवा दिनुपर्छ भन्ने मानसिकता भएको हुनुहुन्छ र सानोदेखि ठुलो विषम वस्तु एवं जटिल कुराहरुमा पनि टीममा सरसल्लाह गर्ने उहाँको कार्यशैली अति प्रशंसनीय लाग्यो । पैंतिस वर्षदेखि यहि वडामा जन्मी हुर्कि अति लोकप्रिय एवं सवैजनाको प्रिय पात्रको रुपमा रहनु भएका कार्यरत कर्मचारी बलराम भट्टराई, राजस्व एवं कर शाखामा रहनु भएका अधिकृत वीरेन्द्र यादव, लेखा अधिकृत सुलोचना मानन्धर, लेखापाल उपेन्द्र रिमाल प्राविधिक क्षेत्र हेर्ने इन्जिजियर मन्दिरा श्रेष्ठ, सामाजिक परिचालक रेजिना डंगोल, अति मृतुभाषी सहायक कर्मचारी आस्था भट्टराई , सहायकको रुपमा रहनु भएका थोमाइ पाख्रिन र राजु कुचिकार सहितको एउटा टीम वर्कसहितको मानव संशाधन संरचना रहेको छ । सबैवाट मैले शुरुकै दिनदेखि राम्रो सहयोग र समन्वयकारी भूमिका पाएकोमा सेवाग्राहीलाई दिने न्यायिक सहजतामा उहाँहरुको पनि प्रत्यक्ष प्रशंसनीय योगदान भएकोले उहाँहरुलाई धन्यवाद नदिइ रहन सक्तिन । वडाको आफ्नै पाँच तल्ले भवनमा स्वास्थ्य चौकी र राजस्व तिर्न ल्क्ष्ऋ ब्कष्ब द्यबलप को काउन्टर भएको थप सुविधा छ ।
साथै केन्द्रमा रहेका समकक्षी मित्रहरु साथै मौखिक तथा स्थलगत निरीक्षण मार्फत सुझाव, सल्लाह र परामर्श, न्यायिक विषयवस्तुमा दिने न्यायिक समिति, कानून तथा मानवअधिकार विभागका शाखा अधिकृत एवं मेलमिलाप शाखा प्रमुख उर्मिला भट्टराई नि. प्रमुख सुशिल कुँवर, पहिले प्रमुखको रुपमा सोहि विभागमा जिम्मेवारी सम्हाल्नुभएका हरि बाग्ले काफ्ले लगायतले पनि मेरो कार्याअवधिका राम्रो सहयोग गर्नुभयो र हालसम्म पनि गरिरहनु भएको छ । मेरो करार अवधि सकिन पनि यही वडामा सेवा गर्नुपर्छ भनी अडान लिइ यही वडामा समयावधि थप गरी निरन्तरता दिनु पर्छ भनी लिनुभएको निर्णय र सदासयताप्रति हृदयदेखि धन्यवाद दिनैपर्छ र यो प्रसंशनीय कदम प्रति मेरो अन्तरआत्मादेखि नै स्वागत योग्य छ ।
वास्तवमा उहाँको कार्यशैली र बोल्ड डिसिजनको कारण उहाँले महानगरपालिकाबाट उत्कृष्ट जनप्रतिनिधिको रुपमा सम्मानित भइसक्नुभएको छ । उहाँको कार्य कुशलतामा वडाको सचिव संजुमा महर्जन लगायत सम्पूर्ण टीमकै साथ सहयोग पूर्ण रुपमा रहेको छ । श्रद्धेय वडाअध्यक्षज्यु जेष्ठ नागरिक उमेर समुहको भएपनि उहाँको विचार र भावना जेन्जीभन्दा पनि उर्जावान छ । नेपालको ६७४३ वडाहरु मध्ये उहाँ जस्तो प्रतिनिधिमूलक जनप्रतिनिधि पाँच प्रतिशत मात्र भइदिएको भए पनि देशको विकास दिन दोगुना रात चौगुनाको दरले बदथ्यो किनकि विकासको मेरुदण्ड भनेकै स्थानिय निकाय, त्यसमा पनि वडा पर्दछ । विकासमा विकेन्द्रीकरणको प्रमुख भूमिका हुन्छ जुन वडा कार्यालयबाट एकाईको रुपमा स्टेप बाई स्टेप हुन्छ । जसको प्रत्यक्ष लाभ सेवाग्राही आम व्यक्ति वडावासीलाई हुन्छ ।
तसर्थ हामीलाई वडामा पठाउनुको कारण न्याय निष्पक्ष कार्य विकेन्द्रीकरण गरी न्यायिक सहकर्ताको न्यायको पहुँच दिनको लागी सेवामा खटाइएको हो जुन अति जरुरी छ र एउटा थिति अर्थात् सिष्टम बसाल्नको लागि हो ।
न्यायिक पहुँबाट न्यायिक सेवाबाट कोहि वंचित नहोस् न्याय पाउनु सवैको नैसर्गिक अधिकार हो यही सेवा दिनु, न्यायिक विषयवस्तुलाई सहजीकरण गरी न्यायिक निरुपण गर्नु नै न्यायिक सहजकर्ताको उत्तरदायित्व हो । र यो स्थानीय निकायमा आजको चरम आवश्यकता हो र यो न्यायिक जनचेतना सामाजिक न्यायको अपरिहार्य छ ।
(लेखक का.म.पा. वडा नं. १२ मा न्यायिक सहजकर्ताको रुपमा कार्यरत हुनुहुन्छ साथै विद्यावारिधी रिसर्चर एवं आप्रवासनविज्ञ हुनुहुन्छ ।)

मेराे साप्ताहिकमा मिति २०८२ माघ ६ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध