कीर्तिपुर सिंहदरवार र हेटौंडाबाट टाढा भयो – मेयर महर्जन

मेरो संवाददाता
कीर्तिपुर

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुर नगरपालिका काठमाडौंभित्रै रहेर पनि सिंहदरवार र हेटौंडाबाट टाढा भएको गुनासो गर्नुभयो । उहाँले विकास निर्माणका लागि कीर्तिपुरमा धेरै कामहरु गर्न बाँकी रहेको भए पनि प्रदेश र संघीय सरकारले जुन हिसाबमा बजेट उपलब्ध गराउनु पर्ने हो सो नभएकोमा ध्यानाकर्षण गर्दै यो कुरा बताउनु भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मा. बसन्त नेम्वाङले आज गर्नुभएको कीर्तिपुर नगरपालिकाको निरीक्षण भ्रमणका क्रममा उहाँलाई स्वागत गदै मेयर महर्जनले सो गुनासो गर्नुभएको हो ।
कीर्तिपुरमा मन्त्री नेम्वाङलाई नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, पूर्वराज्यमन्त्री दिलिप महर्जन, नगरपालिकाका प्रतिनिधिहरु लगायतले कीर्तिपुर नगरपालिकाको नवनिर्मित भवनमा स्वागत गर्नुभएको थियो ।
निरीक्षण भ्रमणमा प्रतिनिधिसभाका सदस्य मा. कृष्णगोपाल श्रेष्ठ र मा. विणा श्रेष्ठको पनि सहभागिता रहेको निरीक्षण भ्रमण पूर्व भएको स्वागत कार्यक्रममा मन्त्री नेम्वाङले भन्नुभयो, ‘कीर्तिपुर नगरको नवनिर्मित भवनमा प्रवेश गर्ने पहिलो मन्त्रीका रुपमा आउन पाउनु खुसीको कुरा हो । कीर्तिपुरलाई स्मार्ट सीटीका रुपमा विकास गर्न जुन डीपीआर आज मलाई हस्तान्तरण गरेको छ, यसबाट कीर्तिपुरबासीहरु कतिको विकासप्रेमी छन् भन्ने कुरा दर्शाएको छ ।’

मन्तव्य राख्नुहुँदै भाैतिक पूर्वाधार तथा यातायात मन्त्री मा. बसन्त नेम्वाङ
मन्तव्य राख्नुहुँदै भाैतिक पूर्वाधार तथा यातायात मन्त्री मा. बसन्त नेम्वाङ

मन्तव्यका क्रममा उहाँले देशको भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको विकासका लागि आफूले सक्दो कार्य गरिरहेको र यसका लागि साताका विदाहरुमा देशका विभिन्न स्थानहरुको अवलोकनमा गएर त्यहाँ भइरहेका कार्यको जानकारी लिने गरेको जानकारी दिनु भयो ।
उहाँले कीर्तिपुरमा विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
स्वागत कार्यक्रमपछि मन्त्री नेम्वाङसहित सहभागीहरु कीर्तिपुर नगरपालिकाको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
यसैगरी दीखुमा मा. मन्त्री नेम्वाङकै सहयोगमा निर्माण भइरहेको पूलको पनि उहाँले निरीक्षण गर्नुभएको थियो ।
यसैगरी मन्त्री नेम्वाङसहितको टोलीले कीर्तिपुरको रिंगरोड क्षेत्रको अवस्था, बाघभैरव मन्दिर परिसर र उमामहेश्वर मन्दिर परिसरको पनि निरीक्षण भ्रमण गर्नुभएको थियो ।

भ्रमणपछि समापन कार्यक्रमलाइ सम्बाेधन गर्नुहुँदै उपमेयर खड्काले कीर्तिपुरकाे वर्तमान अवस्था निरीक्षण गरीदिनु भएकाेमा सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

समापनकै क्रममा कीर्तिपुर नगरपालिकाले सञ्चालन गरेकाे प्रशिक्षणका प्रशिक्षार्थीहरूले बाँसबाट निर्माण गरेकाे फ्रेम मायाकाे चिनाेकाे रूपमा प्रदान गरिएकाे थियाे ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का प्रतिक्षाका क्रममा
कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का प्रतिक्षाका क्रममा

 

भ्रमणकाे भिडियाे हेर्न यहाँ थिच्नु हाेला । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध