आज गथांमुगः च¥हे

मेरो संवाददाता
काठमाडौं
नेपालका नेवार समुदायले मनाउने चाडपर्वहरु मध्ये पहिलो चाडका रुपमा लिइएको गथांमुगःचः¥हे आज मनाइँदैछ ।
हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ ।
यस दिन घर–आँगनको सरसफाइ गरी फलामको औंठी लगाउने र राती भूत पन्छाउने भनी चोक चोकमा नरकटका राक्षस प्रतिमूर्ति बनाई आगो लगाई सकेपछि नजिकको खोलामा लगेर बिसर्जन गर्ने परम्परा रहेको छ ।
गथांमुगःलाई महाभारतमा वर्णित घण्टाकर्णका रुपमा पनि चित्रण गर्ने गरिएको छ । यसमा संस्कृतिविद्हरुका फरक फरक मत रहेका छन् ।
गथांमुगः पर्व नेवार समुदायले विशेष गरी रोपाईं सम्पन्न भई रोपाइंका क्रममा सफाइ गर्न नसकिएको घर तथा आँगनमा जम्मा भएका झारपातहरु मिल्काउने कार्य भएको र यसैलाई संस्कृतिका रुपमा विकास गरिएको नेवार संस्कृतिविद् पन्नारत्न महर्जन बताउनु हुन्छ ।
काठमाडौंमा नरकटको राक्षस प्रतिकृति बनाइन्छ भने भक्तपुरमा छ्वालीको वनाइन्छ ।


ललितपुरमा भने केहि समय अगाडि देखि चोक चोकमा ठड्याइने गथामुगल ठड्याउन वन्द भएको तर घर घरमा गरिने पुजा भने यथावत रुपमा संचालन भइरहेको नेपालभाषा केन्द्रिय विभागका पूर्व प्रमुख तुल्सी लाल सिंहले वताउनु भयो ।
यसैविच किर्तिपुरमा भने रातो मछेन्द्रनाथको रथारोहण नगरिएको कारण गथामुगः मनाउन नहुने भन्ने समाचार स्थानिय पत्रकार नजरराम महर्जनले फेसवुक मार्फत जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध