नेपाल मानव अधिकार संगठन किर्तिपुर शाखामा पदस्थापना
सुरजवीर बज्राचार्य
नेपाल मानव अधिकार संगठन किर्तिपुर शाखाले पद हस्तान्तरणका साथै विभिन्न ब्यक्तिहरुको सम्मान गरेको छ ।
नवगठित शाखा कार्यसमितिको अध्यक्ष बच्चुराम श्रेष्ठ हुन् भने उपाध्यक्ष केशव अधिकारी, सचिव सुनील मालाकार, कोषाध्यक्ष रूपेन महर्जन तथा सदस्यमा जानकी श्रेष्ठ, नीरजकुमार श्रेष्ठ, सविता महर्जन, अशोककुमार अधिकारी, बाबुराम महर्जन, मिश्रीमाया महर्जन, दिपा महर्जन, रुकेश महर्जन, रामभोला श्रेष्ठ, राधा श्रेष्ठ चुनिएका छन् । रचना श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिले पद हस्तान्तरण गरेको हो ।
यस कार्यक्रममा संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार बाबुराम महर्जन, सल्लाहकारहरु निलकण्ठ अमात्य नन्दकुमारी महर्जन, टिकाराम महर्जन, शोभा महर्जन, बच्चुबाबु दाहाल, ललितपुर मनपा वडा १३ का अध्यक्ष गणेश के.सी., नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनील महर्जन, सचिव केके मानन्धर, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सह–सचिव प्रेरणा शाक्य, सदस्य रुबि श्रेष्ठ, अभियन्ता श्रीकृष्ण महर्जन, उपन्यासकार नजरराम महर्जन, रेडियो नेपालका वरिष्ठ प्राविधिक मिनर्वा बज्राचार्य, रेडियो नेपालकी सम्पादक रमिता लामा, गोरखापत्रका उपेश महर्जनको सम्मान गरिएको थियो ।
संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार बाबुराम महर्जनले मानवअधिकार पुरस्कारका लागि ३ लाखको कोष स्थापना गरेको घोषणा गरेका हुन् । आफ्नी पत्नीको नाम जोडी घोषणा गरिएको बाबुराम—लिला मानव अधिकार पुरस्कार २ बर्षमा एकपल्ट मानव अधिकार क्षेत्रमा योगदान गरेका ब्यक्तिलाई प्रदान गरिनेछ ।
रचना श्रेष्ठको सभापतित्वमा आयोजित समारोहमा नेपाल आदिवासी पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्ग, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, पत्रकार एवं अभियन्ता श्रीकृष्ण महर्जन, प्रमुख अतिथि बाबुराम महर्जन लगायतले शुभकामना ब्यक्त गरेका हुन् ।













