ज्यापु महागुथि नेपाः सक्व नगर समितिमा किचः सिं निर्विराेध
उपत्यकाकाे किसान समुदाय ज्यापु जातिकाे राष्ट्रिय संस्था ज्यापु महागुथि नेपाःकाे शंखरापुर नगर अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएकाे छ ।
महागुथिका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगाेलकाे प्रमुख अातिथ्यतामा भएकाे पहिलाे नगर अधिवेशनले किचः सिं डंगाेलकाे अध्यक्षतामा २१ सदस्यीय नगर समिति सर्वसम्मत गठन गरेकाे हाे ।
महागुथिले २०८१ सालमा शंखरापुरमा शाखा विस्तार गरेकाेमा यस वर्ष महागुथिकाे महाधिवेशन रहेकाेले विभिन्न शाखाकाे अधिवेशन सुरू गरिएकाे र यस क्रममा सबैभन्दा पहिलाे अधिवेशनकाे रूपमा साँखु नगर अधिवेशन सम्पन्न गरिएकाे प्रमुख अतिथि सत्यनारायण डंगाेलले बताउनुभयाे ।
महागुथिका महासचिव बेखानारायण डंगाेलकाे संयाेजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समिति गठन गरी सम्पन्न गरिएकाे निर्वाचनबाट उपाध्यक्षमा दीपेन्द्र लाल सिंह र जमुना डंगोल, सचिवमा योगेस मान डंगोल, सहसचिव विष्णु देवी डंगोल, कोषाध्यक्ष राजायक लाल सिंह, सहकोषाध्यक्ष श्याम डंगोल चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमिति सदस्यमा जिवन मान सिंह, श्रीलाल डंगोल, सुधा डंगोल, राम गोपाल महर्जन, सरस्वती डंगोल, रमीता इंगोल, सलिन सिं, श्री प्रसाद डंगोल, अष्ट नारायण अवाल, राम कृष्ण डंगोल, रविन डंगोल, हरी भक्त डंगोल र गंगा लाल डंगोल चयन भए ।
साँखु नगरका संयोजक रामकृष्ण सिंहको अध्यक्षतामा अधिवेशनमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र महर्जन, उपाध्यक्ष सरिता महर्जन, महासचिव बेखा नारायण डंगोल, सचिव सानु महर्जन, उत्तर लागा समितिका अध्यक्ष लक्ष्मण महर्जन, यल जिल्ला समितिका का.वा. अध्यक्ष शरणगोपाल डंगोल, येँ महानगर समितिका सचिव मचाराजा महर्जन लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।










