जापानको दीपावली
हामी हाम्रो देशमा तिहारको ५ दिन आ–आफ्नो घरमा दिपावली मनाउँछौं । सकेसम्म आफ्नो घर अरुको भन्दा राम्रो देखीयोस भनेर सकेसम्म राम्रोसँग बत्तिले झलमल पार्छौं । जति सकिन्छ राम्रो गर्छौं । त्यस्तै यता जापानमा चाहिँ क्रिस्मस र नयाँ बर्षको लगभग २ महिना अगाडिबाट बिभिन्न शहरहरु तथा बाटोमा भएको रुखहरुमा बत्तिले सजावत गर्दछ । नेपालमा जस्तै राम्रो र सकेसम्म अरुको शहर भन्दा राम्रो देखाउन लागि पर्छन् । सजावतको आधारमा प्रथम, दोश्रो तथा तेश्रो भनेर बिभाजन पनि गरिन्छ । प्रथम भए पनि पुरस्कार भने दिँदैन । बरु दर्शक या पाहुना चाँही धेरै आउँछ । जसले गर्दा ब्यापार भने बढ्छ । पार्कहरु पनि बत्तिले सजाउँछन् । त्यो हेर्न देशका विभिन्न ठाउँबाट मनिसहरु आउँछन् । जसले गर्दा आन्तरिक पर्यटनको विकासमा धेरै मद्दत पुग्दछ । यता क्रिस्मस र नयाँ बर्षमा सबै भन्दा लामो बिदा हुन्छ । लगभग १ हप्ता । त्यो समय प्राय मनिसहरु घुमघाम गर्छन् ।
(तस्वीरहरु लेखक)













