सरिताकाे ‘गुलि न्ह्यइपुसे च्वं’ म्यूजिक भिडियाे प्रिमियर
नेपालभाषाका लाेकप्रिय गायिका सरिता शाहीकाे स्वरमा सजिएकाे ‘गुलि न्ह्यइपुसे च्वं ’ गीतकाे शनिवार एक कार्यक्रमका बीच म्यूजिक भिडियाे प्रिमियर गरिएकाे छ ।
आनन्द बज्राचार्यकाे रचना र राजु सिंहकाे संगीत रहेकाे गीतमा जूगल डंगोलकाे संगीत संयोजन रहेकाे छ ।
लकडाउनकाे समयमा नेपालभाषा म्यूजिक भिडियाे निर्माणमा व्यस्त रहेकाे राजन शाहीकाे समूहले यस गीतकाे म्यूजिक भिडियाे निर्माण गरेकाे हाे । शाहीकाे निर्देशन रहेकाे भिडियाेकाे छायांकन मनोजरत्न शाहीले गरेका छन् भने आराध्यलक्ष्मी खड्गी, किशोर चिपालुकाे अभिनय रहेकाे भिडियाेकाे कन्सेप्ट दर्शनवीर शाक्यकाे रहेकाे छ ।
हास्यसम्राट मदनकृष्ण श्रेष्ठकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा वरिष्ठ सिने पत्रकार एवम् निर्देशक विजयरत्न असंबरे, लाेककवि राजभाइ जकःमि र संगीतकार गाेविन्द ह्यूमतले म्यूजिक भिडियाे, रचना र संगीतलाइ लिएर समिक्षा गरेका थिए ।
नेपालमण्डल टेलिभिजनका कार्यक्रम प्रस्ताेता अनुप शाक्यले सञ्चालन गरेकाे कार्यक्रममा भिडियाे सम्बद्ध व्यक्तित्वहरूले पनि मन्तव्य राखेका थिए ।








