उच्च रक्तचाप जान्नै पर्ने केही कुरा

उच्च रक्तचाप भनेर सामान्यतया माथिको १४० र तलको ९० भन्दा बढी भएको अवस्थालाई मान्ने गरिन्छ । यो उच्च रक्तचाप ९०% सम्म वंशाणुगत हुन्छ भने १०% मात्र अन्य कारणले हुने गर्दछ । नेपालमा ४० वर्ष भन्दा माथिका २५% लाई उच्च रक्तचाप छ । उच्च रक्तचाप एक खतरनाक रोग हो । यसलाई हामीले साइलेन्ट किलर पनि भन्ने गर्दछौं ।
किनभने यसका कारण केही नभएको मान्छे पनि एकैचोटी बेहोस हुने खतरा छ । एकैचोटी बेहोस भएर ब्रेन स्ट्रोकभएर ज्यानै जान सक्छ । यसको मुख्य होस गर्नुपर्ने कम्प्लिकेसन भनेको कसैको किड्नी फेल हुने, कसैको हर्टअट्याक्ट हुने, कसैलाई ब्रेन स्ट्रोक हुने हुन्छ भने कसैलाई अन्धोपना हुन्छ ।
यहाँ म तीन चारवटा सुझावहरु म दिन चाहन्छु ।
धेरै जसो बिरामीहरु मकहाँ आउने औषधि नखाउँ भन्छ । औषधिले किड्नी बिगार्छ, के के गर्छ भन्छ । तर म के भन्छु भने एकपल्ट औषधि डाक्टरको सल्लाह विना जीवनभर खाइ रहनुपर्छ । विरामीहरुलाई औषधि दिएर एक महिनापछि आउ भन्यो भने एक महिना पछि आउँदा औषधि छोडेर आउँछ । औषधि छोड्न हुँदैन नियमित सेवन गर्नु पर्छ भन्दा पनि औषधि छोड्नेको संख्या धेरै छ । एकपल्ट एउटा डाक्टरले के भनेर लेखिदियो भने सँधै औषधि खाउ भन्दा नमानेपछि नमरुन्जेल खानुपर्छ भनेर लेखिदिए त्यसपछि विरामी त तस्र्यो । म त मर्न लागेछ कि क्या हो भनेर । औषधि नमरुन्जेलसम्म खानुपर्छ भनेको थिकै हो । डाक्टरको सल्लाहपछि मात्र छोड्नु पर्छ ।
कसैकसैले जानाजानी एक्सपेरिमेन्टको लागि छोड्छ । कसैले हामीले लेखिदिएको व्राण्डको औषधि पाउँदैन । त्यसैले हामीले औषधि लेखिदिँदा नेपालको ७५ वटै जिल्लामा पाउने व्राण्डको औषधि लेख्न खोज्छौ । लकडाउनको वेला औषधि नपाउदा ब्रेन स्ट्रोक भएर बितेको घटना पनि छ । धेरैजसो उमेर भएका व्यक्तिहरुले औषधि खान विर्सन्छ । त्यसैले उसलाई सम्झाउन परिवारको एकजना व्यक्तिले समय दिनुपर्छ ।
अर्को एकवटा प्रश्न औषधि कहिले खाने बिहान बेलुका कहिले । मेडिकल्ली औषधि भनेको राति सुत्ने बेलामा खानुपर्छ । किनभने हर्टआट्याक र स्ट्रोक बिहान सबेरै हुने होइन । राती औषधि खानेको समस्या के छ भने बिस्र्यो भन्ने । त्यसैले मैले बिरामीहरुलाई सकेसम्म बिहान उठ्ने बित्तिकै खाइदेउ भन्ने गरेको छु ।
औषधिको साइड इफेक्टको बारेमा पनि थाहा पाइ राख्नु राम्रो हुन्छ ।
डिपिन भन्ने औषधि खायो भने खुट्टा सुनिन सक्छ त्यसपछि बिरामिहरु किड्नि स्पेशलिष्टकहाँ जाने गर्छ, कता कता जान्छ । औषधिहरुले खोकि लाग्न सक्छ । कुनै कुनै औषधि गर्भावस्थामा खानै हुँदैन । त्यसैले विरामीहरुले औषधिको साइड इफेक्ट बारे थाहापाउनु पर्छ । कोहि कोहि मान्छेले बिहान औषधि खान बिस्र्यो भने के गर्ने भनेर पनि सोध्ने गरेका छन् । बिहान औषधि खान विस्र्यो भने दिउँसो खाए पनि केहि पनि हँुदैन । एकचक्का खाने औषधि दुइ चक्का खाएपनि केहि फरक पर्दैन तर औषधि खान बिस्र्यो भने चाहि एकदमै खतरा छ ।
जस्तै प्यारोसिन भन्ने एउटा औषधि छ जुन राति खायो भने खानासाथ सुत्नु पर्छ नत्र भने प्रेसर लो भएर एकैचोटि बेहोस हुने सम्भावना हुन्छ । उच्च रक्तचापको औषधि खानुपर्छ । यसले किड्नि खराव हुँदैन । म एकवटा उदाहरण दिन्छु एक समयमा हाम्रा प्रधानमन्त्रि केपि ओलीलाई हेरेको थिएँ । प्रेसर बढेर खुट्टा सुनिन्छ भनेर आउनुभएथ्यो  । मैले भने औषधिले पनि हुन सक्छ किड्नीको समस्या पनि हुन सक्छ भनेर यो यो जाँच गरेर आउनु भनेको थिए तर उहाँ बेपत्ता हुनभयो । एकवर्षपछि उहाँ आउँदा दुइवटै किड्नी फेल भइसकेको थियो ।
कतिपय बिरामीहरु के गर्छ भन्दा औषधि सेवन गरी वर्षौंसम्म आउँदैन बाहिर औषधि पसलमा गएर प्रेसर चेक गर्छ । ठिक भयो भनेर बस्छ । ब्लड प्रेसर चेक गरेर मात्र हुँदैन । किड्निको अवस्था के छ, मुटुको अवस्था के छ त्यो पनि थाहा पाउनु पर्छ । दुई तीन वर्ष पछि आउने बेलामा किड्नि फेल भएर आउँछ । त्यसकारण दिको १०, २० रुपैयाँ खर्च गरेर जीवन बचाउन सक्नेमा तीन चार दिन औषधि छोडेर बिरामी स्ट्रोक हुन सक्छ । रोगहरु मध्ये सवैभन्दा नराम्रो नै स्ट्रोक हो किनभने स्ट्रोक भएर मरिहाल्ने होइन, प्यारालाइसिस भएर परिवारलाई बोझ भएर बाच्नु पर्ने हुन्छ ।
अर्को एउटा सुझाव के दिन्छु भने धेरैजस्तोको के विश्वास छ भने उच्च रक्तचाप भयो भने मर्निङ्गवाक जानुपर्छ । चिसोमा मंसिर पुष माघ महिनामा मर्निङ्गवाक जानु हुन्न किनकि चिसो भएर एकैचोटि उच्च रक्तचाप भएर स्ट्रोक हुन सक्छ । मर्निङ्गवाक जानेलाई पनि म के सल्लाह दिन्छु भने घाम लागेपछि मात्र हिड्ने गर्नुस् ।
अर्कोकुरा के हुन्छ भने नुन कति खानुहुन्छ वा खानुहुन्न । कसै कसैले त उच्च रक्तचाप भयो भने नुन खानु हुँदैन भनेर बस्छ । जसले गर्दा वेहोस हुने सम्भावना हुन्छ । हामीले खाना साधारण खाना खाइरहेन सक्छौं । कतिपय विरामीहरुले त घरमा श्रीमतीको अगाडि नुन नखाने बाहिर मोमो चाउमिन सबै खाइदिन्छ । सादा खाना खाने । भोज जानेबेलामा त्यहाँ विभिन्न खाना हुन्छ जसले गर्दा नुन बढि हुन्छ ।
रक्सि खायो भने उच्च रक्तचाप हुन्छ । त्यसैले रक्सि, जाँड, धुम्रपान नगर्ने । यो उच्च रक्तचाप हेर्दा सामान्य देखिन्छ । जाँच्नलाई पैसा नपर्ने औषधि पनि महंगो छैन तर यो साइलेन्ट किलर हामी वोल्दा वोल्दै पनि स्ट्रोक भएर मर्न सक्छौं । त्यसैले २० वर्ष माथिका सबैले रेगुलर ब्लडप्रेसर जाच्नु पर्छ । डाक्टरलाई देखाएर औषधि खानुपर्छ । अनुशासनमा बस्नु पर्छ । यो कोरोनाको समयमा मानिसहरु डाक्टरलाई भेट्न नगएर उच्च रक्तचाप भइ कोरोनाले भन्दा उच्च रक्तचापले मानिस बढि मरिरहेको छ । त्यसैले नियमित व्लड प्रेसर चेक गरौं, उच्च रक्तचापबाट बचौं ।

(वरिष्ठ मुटुराेग विशेषज्ञ डा. अरूण साय्मिज्यूले दिनुभएकाे फेशबूक सन्देशमा अाधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध