दबूबाट १४ लाखकाे चेक हस्तान्तरण

वल्र्ड नेवाः अर्गनाइजेशन (हलिं नेवाः दबू)ले लोक साहित्य परिषद्लाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
विश्वमा जहाँ रहे पनि हामी नेवार भन्ने भावना राखी विश्वभर छरिएर रहेका नेवारहरुको साझा संस्था दबूको प्रयासमा नेवार भाषा, कला, संस्कृति र पहिचानलाई टेवा दिने उद्देश्यले संकलन गरिएको सहयोग रकम प्रदान गरेको हो ।
नेवार लोक साहित्यको संरक्षण र प्रवद्र्धनका लागि स्थापनाका लागि स्थापना गरिएको लोक साहित्य परिषद्को घर निर्माणका लागि सहयोग गर्नका लागि परिषद्का संरक्षक वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चेक हस्तान्तरण गरिएको हो ।


विभिन्न देशमा रहेका नेवारहरुले सहयोग स्वरुप उपलब्ध गराएको १२ हजार अमेरिकी डलर बराबरको नेपाली रकम १४ लाख पाँच हजार र दुई सय रुपैयाँको चेक दबूका नेपाः च्याप्टरका अध्यक्ष शाक्य सुरेन र कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले परिषद्का उपाध्यक्ष तुलसीलाल सिंहलाई प्रदान गरिएको हो ।
कार्यक्रममा दबूका नेपाः च्याप्टरका सदस्यहरु सबिता मुनिकार, रमेशमान मुनिकार, सुदय शिलाकार, मंगल मानन्धर, नविन जोशीका साथै सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो भने परिषद्बाट सचिव राजित श्रेष्ठ, कोषाध्यक्ष वासुदेव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा परिषद्बाट प्रमुख अतिथि डा. जोशी र दबूबाट अध्यक्ष शाक्यले मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध