नेपालभाषा साहित्य सम्मेलन सम्पन्न
बिराट नेपालभाषा साहित्य सम्मेलन गुथिकाे अायाेजनामा ५० अाैं बिराट नेपालभाषा साहित्य सम्मेलन बुधवार भक्तपुरमा सम्पन्न भएकाे छ ।
विश्वभर फैलिएकाे कोभिड–१९ महामारीलाइ ध्यानमा राख्दै सामाजिक र भौतिक दुरी कायम गरी मास्क, स्यानिटाइजर अनिवार्य गरी कम मात्र साहित्यकारहरू भेला गराइ सम्मेलनकाे निरन्तरता दिइएकाे गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले बताए ।
यस वर्ष नेपालभाषा स्नातकोत्तर तहमा उत्कृष्ट बन्न सफल नेपालभाषा केन्द्रीय विभागका कबिन श्रेष्ठलाइ ‘सुरत्न सिरपाः’ र नगदका साथै एसईईमा उत्कृष्ट अंक ल्याउने जगत सुन्दर ब्वनेकुथिका सुस्मिता राजभण्डारीलाइ ‘नेपालभाषा पदक’ साहित्यकार गोविन्दमान श्रेष्ठले प्रदान गर्नुभयाे ।
साेही कार्यक्रममा ‘ह्याउँबाला’ २८ अंक पनि प्रमुख अतिथि श्रेष्ठले विमाेचन गर्नुभयाे ।
त्रिरत्न शाक्यले कविता वाचन गरेर अगाडि बढाएकाे सम्मेलनमा रेणु श्रेष्ठ, शौरभ शाक्य, न्हुच्छेभक्त कवाङ, कुमुद श्रेष्ठ, शरद कसाः र गोविन्द मान श्रेष्ठले लघुकथा, सुरेश श्रेष्ठ र धर्मराज राजकर्णिकारले हाइकु, तेज कृष्ण श्रेष्ठले गजल, नारद बज्राचार्य, राजभाइ जकःमि, बसन्त नकःमि, नरेन्द्र जोशी, हरि गोबिन्द भ्वमि र बाबुकाजी सुवालले किवता सुनाउनु भएकाे थियाे ।
नविन प्रकाश जोशीले सञ्चालन गरेकाे कार्यक्रममा पुष्प लाल तिमिलाले स्वागत र राम गोपालले धन्यवाद ज्ञापन गरेका थिए ।
तस्वीर ः अमिर मैया रञ्जित








