नयाँ वर्षमा नयाँ गीतको सौगात

नेपालभाषाका लोकप्रिग गायिका गंगा महर्जनको स्वर रहेको नेपाली नयाँ गीत नयाँ वर्षमा रिलिज गरिने भएको छ ।
गायिका महर्जनको स्वर रहेको ‘न आशा भो तिम्रो न त हुनेको कुनै भर, बोल्न पनि लाग्यो तिमीसँग अब डर’ नेपालको मौलिक नेपाल संवत् ११४१ नयाँ वर्षको अवसरमा सार्वजनिक गरिने भएको हो ।
गीतकार बसन्त बित्यासी थापाको रचना र संगीतकार राजु सिंहको संगीत रहेको गीत फूलपाटीका दिन रेकर्डिङ्ग सम्पन्न गरिएको हो । यस गीतको म्यूजिक भिडियो समेत तयार गरी नयाँ वर्षको अवसरमा प्रस्तुत गर्न लागिएको गायिका महर्जनले मेरो एंगललाई जानकारी दिए ।


गीतमा फनिन्द्र राईको संगीत संयोजन रहेको गीत स्टूडियो पर्पलमा रेकर्डिष्ट शरण छिनामले रेकर्ड र सुमन खड्काले मिक्सिङ्ग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध