ई. मोहनकृष्ण डंगोल सम्झिए

समाजसेवी ई. मोहनकृष्ण डंगोल ८४ वर्ष प्रवेश गर्नुभएको अवसरमा आज उहाँले पु¥याउनु भएको योगदानको सम्झना गरिएको छ ।
स्व. डंगोलले स्थापना गरेको प्रेम–मोहन सिरपाः गुथिले आज बिहान फेशबूक पोष्ट मार्फत् उहाँको योगदानको सम्झना गरेको हो ।
गुथिका संस्थापक एवम् दाता स्व. डंगोलले आफ्ना गुरु प्रेमबहादुर कसाःको सम्मानमा गुरु–शिष्यको नाममा दुई दुई वर्षमा एक पटक उपन्यास र एकपटक नाटक विधालाई ५० हजार नगद राशीसहितको पुरस्कार स्थापना गर्नुभएको थियो ।
गुथिले यसवर्ष कोभिड–१९ का कारण विशेष कार्यक्रम गर्न नसकेको जनाउँदै फेशबूक मार्फत् आगामी वर्ष नेपालभाषाको नाटक विधामा पुुरस्कार प्रदान गरिने र यसका लागि यही आउँदो बछलाथ्व दशमि (२०७८ जेष्ठ ८ गते) सम्म कृति संकलन गरिने जनाएको छ ।
स्व. डंगोल नेपालभाषाको उपन्यास तथा नाटकका लेखक समेत हुनुहुन्थ्यो । समाजसेवामा पनि सक्रिय डंगोल ज्यापु महागुथि नेपाःका संरक्षक, ज्यापु महागुथि येँ मनसका अध्यक्ष, नेवाः देय् दबूका उपाध्यक्ष लगायतको जिम्मेवारी बहन गरेर समाजसेवामा सक्रिय हुनुहुन्थ्यो ।
उहाँले परम्परागत किलाघः टोलको समेत अध्यक्षका रुपमा जिम्मेवारी वहन गरेर टोलका सामाजिक गतिविधिमा सुधार ल्याउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध