समाजसेवी देवबहादुर डंगोलको निधन

खोकनाका सांस्कृतिककर्मी एवम् समाजसेवी देवबहादुर डंगोलको यही कार्तिक १ गते शनिवार बिहान ८५ वर्षकाे उमेरमा देहान्त भएको छ ।
खोकनाको सांस्कृतिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान दिनु भएका डंगोल ज्यापु महागुथि नेपाःका संरक्षक एवम् ललितपुर जिल्ला समितिका पूर्व अध्यक्ष हुनुहुन्छ ।
१९९३ सालमा आमा चिरिमै महर्जन र बुबा न्हुच्छराज (दानबहादुर) डंगोलको पुत्रका रुपमा जन्मिनु भएका उहाँ गुथि जिर्णोद्धार एवम् निर्माण समितिमा लेखापालको जागिरे हुनुभएको समयमा पाँचवटा सांस्कृतिक धरोहरको पुनःनिर्माण सम्पन्न गरेका थिए । उहाँकै सक्रियतामा खोकनामा जीतापुर गन्धकुटी विहार निर्माण भएको थियो भने ज्यापु महागुथिबाट लुम्बिनीमा निर्माण गरिएको पलेस्वां पुखू निर्माणमा पनि सक्रिय योगदान दिनु भएको थियो ।
२००७ सालमा हे किसान संगठनमा प्रवेश गरी राजनीतिक यात्रा गर्नुभएका उहाँ तत्कालीन पञ्चायत चुनावमा वडा सदस्यका रुपमा प्रवेश गरी वडाध्यक्ष र का.वा. प्रधानपञ्च समेत हुनु भएको थियो ।
उहाँ कार्नेस, धोलक, दाफा खिँ, धिमे र धाः बाजाका ज्ञाता पनि हुनुहुन्छ ।
खोकनामै पहिलोपटक महिलाहरुलाई पढाउनु हुने उहाँकै सक्रियतामा खोनामा विद्यालय समेत स्थापना गर्नुभएको छ ।
रोटरी क्लव अफ यल, भिलेज कोर्टका पूर्व अध्यक्ष, लिधंसा पासा पुचः खोनाका पूर्व अध्यक्ष एवम् संरक्षक उहाँकै सल्लाहमा युनेस्काको सहयोगमा सामुदायिक अध्ययन केन्द्र खोना पनि गठन भएको थियो ।
उहाँको एक श्रीमती, चार छोराहरु मोहनगोपाल, शरण गोपाल, विष्णु र सिद्धि प्यम्ह र दुई छोरीहरु छन् ।
उहाँको छोरा शरण गोपाल डंगोल पनि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । डंगोल ज्यापु महागुथि नेपाः यल जिल्ला समितिका प्रथम उपाध्यक्ष, नेवाः देय्ु दबू प्रदेश समितिका सदस्य एवम् लिधंसा पासा पुचः खोनाका अध्यक्ष हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध