डा. केसीले तोडे अनशन

डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । सुरूमा काठमाडाैंकाे वीर अस्पतालमा राखिएका उनी पछिल्लाे समय त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।

अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस्’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । डा. केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने र सम्झौतामा धोका हुन नहुने उनीहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध