उपत्यकाका चिभा र चैत्य वाच लिस्टमा
सम्पदा संरक्षणकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था वर्ल्ड माेनुमेण्टस फण्डले उपत्यकाका चिभाः र चैत्य संरक्षणका लागि वाच लिस्टमा राखेकाे छ ।
चिभा चैत्य उपत्यकाका साथै विभिन्न ठाउँ र त्यहाँका बासिन्दाहरूका लागि पुरातात्विक, ऐतिहासिक, समाजिक तथा आर्थिक रुपमा अत्यन्त महत्वपुर्ण हुँदै आएकाे । यस्ता चिभा र त्यससँग जाेडिएका संस्कृतिकै कारणले उपत्यकालाई मन्दिरकाे शहर र जीवित संग्रहालय भनिएकाे फण्डसँग सहकार्य गर्दै आएकाे चिभा चैत्य संस्थाले जनाएकाे छ ।
उपत्यकामा लिच्छविकाल र त्यसभन्दा अगाडि–पछाडि निर्माण गरिएका दुई हजार भन्दा बढी चिभा र चैत्य रहेकाे अनुमान गरिएकाे संस्थाले बताएकाे छ ।
शहरिकरण, सचेतनाकाे कमि ईत्यादि कारणले पुरातात्विक सम्पदा झन झन खतरामा परेकाे संस्थाकाे जिकिर रहेकाे छ ।
चिभा चैत्य जस्ता सम्पदा प्रबर्धन र संरक्षणका लागि काम गर्दै आएकाे संस्था “चिभा चैत्य संस्था”ले काेभिड–१९ महामारीकाे समयमा धेरै मानिसहरूकाे महत्वपुर्ण सूचीमा सम्पदा संरक्षण नपर्ने भएकाले सम्पदा प्रबर्द्धनकाे महत्व झन बढेकाे बताएकाे छ ।
यसै उद्देश्य पूर्तिका लागि वर्ल्ड मोनुमेन्ट्स फण्डसँगकाे सहकार्यमा चिभा चैत्य संस्थाले सम्पदा संरक्षणकाे महत्वलाइ प्रबर्धन गर्न, साथै महामारीका समयमा अपनाउनु पनेर्ब सतर्कता र जनचेतना बढाउनका लागि “वाच डे २०२० (WatchDay2020)” मनाइएकाे छ ।
गत शनिवार २०२० अक्टोबर ३ तारिख (२०७७ असोज १७) का दिन सामाजिक दुरी र सतर्कता अपनाएर ‘वाच डे २०२०’ सम्पन्न गरिएकाे छ । स्वयम्भू क्षेत्रमा रहेका चिभा चैत्यहरूकाे सरसफाइ गर्दै स्वयम्भूका विभिन्न चैत्यहरूकाे जानकारीसहित फाेटाे प्रदर्शन गरिएकाे थियाे ।
यस कार्यक्रमले सचेतना अभिबृद्धिका साथै युवा पुस्ताले चैत्यकाे बारेमा जानकारी हासिल गर्न पाएकाे बताएका छन् ।








