इन्डिजिनियस टेलिभिजनमा ब्रुस लीको अमरकथा

विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायक ब्रुस लीको अमरकथा नामक धारावाहिक टिभी सिरियल नेपालका आदिवासीहरुको सामुदायिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

नेपाली भाषामा अनुवादित ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि प्रत्येक विहिवार बेलुकी ९ बजेदेखि १० वजेसम्म र पुनःप्रसारण शनिवार दिउँसो ४ः०० बजेदेखि ५ः००, आइतबार राति १०ः०० बजेदेखि ११ः०० बजेसम्म सोमबार दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म हुुनेछ ।

अरनिको समाजले टिभी सिरियल ब्रुस लीको अमरकथा नेपालीभाषामा अनुवाद गरी नेपालका स्थानीय टेलिभिजनमार्फत प्रसारण गर्न लागेको हो ।
ब्रुस लीको जीवनीमा आधारित याे पहिलो टिभी सिरियल हो । यो टिभी सिरियलमा ब्रुस ली आफ्नो ३२ वर्षको छोटो जीवनमा के कस्ता संघर्षहरु गरी आफुलाई विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायकका रुपमा स्थापित गरे भन्ने प्रसंगहरु प्रस्तुत गरिएको छ । साथै ब्रुस लीको व्यक्तिगत र पारिवारिक विषयहरु यसमा समावेश गरिएको छ ।

७० को दशकमा ब्रुस लीका चलचित्रहरु नेपाली दर्शकहरुका साथै विश्वभर लोकप्रिय थिए ।

अरनिको समाज चीनका विभिन्न विश्वविद्यालयहरुबाट अध्ययन पूरा गरी फर्केका नेपालीहरुको संस्था हो । समाजले जनस्तरमा नेपाल र चीनको मैत्री सम्बन्ध प्रगाढ बनाउन विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । ती मध्ये चीनिया भाषामा बनेका वृत्तचित्र र टिभी सिरियलहरुलाई नेपाली भाषामा अनुवाद गरी नेपाली टेलिभिजनबाट प्रशारण गर्नु पनि एक हो, विज्ञप्तीमा भनिएको छ ।

समाजले यसअघि लोकप्रिय वृत्तचित्र तथा टिभी सिरियल पश्चिमतिरको यात्रा नेपाली भाषामा अनुवाद गरी नेपालका विभिन्न टिभी च्यानलहरुबाट प्रशारण गरिसकेको र गर्दै आईरहेको छ ।

टिभी सिरियल पश्चिमतिरको यात्रा चीनमा लोकप्रिय बनेपनि विषयबस्तु माथी परिचित नभएको कारण नेपाली दर्शक माझ त्यति लोकप्रिय बन्न सकेन । त्यसकारण समाजले यसपल्ट नेपालीहरु बीच परिचित विषयबस्तु भएको टिभी सिरियल ब्रुस लीको अमरकथा नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरेको विज्ञप्तीमा जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध