राजकीय सम्मानपूर्वक पूर्व राष्ट्रपति मुखर्जीकाे अंतिम संस्कार
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीकाे आज दिउँसाे २ बजे लोधी रोडस्थित शवदाह गृहमा राजकीय सम्मानका साथ अंतिम संस्कार गरिएकाे छ ।
कोरोना संक्रमित भएका कारण सुरक्षात्मक उपाय अवलम्वन गरेर उनकाे अंतिम संस्कार गरिएकाे थियाे ।
उनकाे शव गन क्यारिजकाे ठाउँमा भ्यानमा ल्याइएकाे थियाे । उनका छाेरा अभिजीत बनर्जी र परिवारका अन्य सदस्य पीपीइ किट लगाएर उपस्थित भएका थिए ।
भारत रत्नबाट सम्मानित पूर्व राष्ट्रपति प्रणब मुखर्जीकाे सोमवार साँझ ६४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
उनी गत १० अगस्तका दिन ‘रिसर्च एण्ड रेफ्रल हस्पिटल’ मा भर्ना भएका थिए ।
साेही दिन उनकाे ब्रेन सर्जरी भएकाे थियाे ।
यसै बीच गरिएकाे परीक्षणमा उनी कोरोना संक्रमित भएकाे पाइएकाे थियाे ।
यसपछि उनकाे स्वास्थ्यमा सुधार भएन । काेमामै रहेकाे अवस्थामा उनकाे फाेक्साे र मृगाैलामा पनि संक्रमण भएकाे थियाे ।








