जिगु लसता छ हे सार्वजनिक
छंगु जिगु माया रतन गीतकाे कभर गायन प्रतियाेगिताका विजेताहरूले गाएकाे गीत जिगु लसता छ हे यूट्यूबमार्फत सार्वजनिक गरिएकाे छ ।
लाेकप्रिय गायक उदीत नारायण झा र दीपा महर्जनकाे स्वरमा रहेकाे ‘छंगु जिगु माया रतन’ गीतको गत कभर गायन प्रतियोगितामा पुरुषतर्फ सुजन शाक्य र महिलातर्फ सुजिता डंगोल प्रथम भएका थिए ।
प्रतियाेगितामा प्रथम हुनेकाे गीत रेकर्ड र म्यूजिक भिडियाे निर्माण गरीदिने अायाेजककाे घाेषणा अनुरूप साे गीत रेकर्ड भएकाे बताइएकाे छ ।
कभर प्रतियाेगिताका प्रथम शाक्य र डंगोलको स्वर रहेको गीतको रचना निर्मल रत्न शाक्य र संगीत निल शाक्यको रहेको छ। जीवित “जल्मीको संगीतसंयाेजन रहेको गीत सुर मेलाेडी स्टूडियोमा रेकर्डिष्ट – सुरेन्द्र श्रेष्ठले रेकर्ड गरेका हुन् ।
यस गीतकाे म्यूजिक भिडियाेमा राजु महर्जन र निर्मला श्रेष्ठ शाक्यले मोडलिङ गरेका छन् । निशिला शाक्यको नृत्य निर्देशन र सुजन बज्राचार्यकाे सहायक नृत्य निर्देशनमा रहेकाे भिडियाेमा शृङ्गार पूजा शाही / सबिना मानन्धरले गरेकी छिन् भने क्यामरामा सम्पादन र छायांकन अमर चित्रकारले गरेका छन् भने क्यामरामा प्रोजोन पराजुलीले सहयाेग गरेका छन् ।
म्यूजिक भिडियाेकाे निर्देशक सुरेन्द्र तुलाधरले गरेका छन् भने सहायक निर्देशकमा मन्जिल शाक्य रहेका छन् । चिरन शाक्य, निर्मलरत्न शाक्य, रन्जना जोशी, सम्झना ल्याब, बाबुराजा ज्यापु, रामकृष्ण जुजु, उत्तम प्रधान, राजु मानन्धर र पुरन सायमिले याे गीत उत्पादनमा सहयाेग गरेका छन् ।
म्युजिक भिडियो शुक्रबार निर्देशक सुरेन्द्र तुलाधरको युट्युब मार्फत सार्वजनिक गरिएको हो।








